रेडक्रस बागलुङले मनायो जु.रे.स तथा यु.रे. स स्थापना दिवस

/ प्रकाशित मिति :
मंगलबार, फाल्गुन २२ २០८០

बागलुङ, २२ फागुन – नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाले जुनियर तथा  युवा रेडक्रस सर्कल स्थापना  दिवस मनाएको छ । शाखाले बिभिन्न विद्यालयका आधारभुत तहका विद्यार्थी विच चित्र लेखन प्रतियोगिता तथा रेडक्रस बारे अभिमुखिकरण कार्यक्रमका साथ स्थापना दिवस मनाएको हो ।

दिवसको उद्घाटन गर्दै निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन)का अध्यक्ष नेत्रलाल न्यौपानेले वालबालिकामा सानै देखी मानविय भावना जागृत हुनुपर्ने वताउनुभयो । रेडक्रसले मानविय सेवामा समर्पित हुन तथा पिडितको घाउमा मल्हम लगाउनका लागि प्रेरित गर्ने चर्चा गर्दै उहाँले ” रेडक्रस बागलुङ शाखाले युवा तथ जुनियर सर्कल मार्फत वालबालिकाको क्षेत्रमा समेत महत्वपुर्ण योगदान पुर्याएको बताउनुभयो ।

अभिमुखिकरणको सहजिकरण नेपाल रेडक्रस सोसाईटीका कोषाध्यक्ष जिवननाथ शर्माले गर्नुभएको थियो । सो अवसरमा विद्यार्थी एनिमेस रेग्मी र ईश्वर घर्तिले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा रेडक्रसले आयोजना गरेको चित्रलेखन प्रतियोगितमा उत्कृष्ट ६ जना विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेको थियो । पुरस्कृत हुनेमा गरिमा आवसिय माःविका परिधी विश्वकर्मा, कालिगण्डकी आवसिय माःविका सुजल शाक्य, न्यु ओयसिसका ईश्वर घर्ति ,फ्युचर ब्राईटरका अनुषा रिजाल,चिल्ड्रेन लाईफ बोडिङ्ग स्कुलका सरस्वती शाह र आदर्श विद्यामन्दिरका भिमराज विक रहेका छन् ।

कार्यक्रम नेपाल रेडक्रस सोसाईटी वागलुङका सभापति जगन्नाथ आचार्यको अध्यक्षता, उप–सभापति राजेन्द्र आचार्यको स्वागत र कोषाध्यक्ष जिवननाथ शर्माको संचालनमा सम्पन्न भएको थियो ।