ब्रम्हाण्डीय महायज्ञको १३ औ दिन सन्त सम्मेलनः हिन्दुराज्यको पक्षमा चर्चा

/ प्रकाशित मिति :
सोमबार, फाल्गुन २१ २០८០

 

बागलुङ, २१ फागुन – बागलुङ नगरपालिका – ६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित अनन्त श्री ब्रम्हाण्डीय महायज्ञको १३ औ दिन सन्त सम्मेलन गरिएको छ । सन्त समाजका अध्यक्ष तथा हरिहर सन्यास आश्रम देवघाटका संरक्षक श्री १ हजार ८ स्वामी ज्ञानानन्द सरस्वती, स्वामी आत्मानन्द सरस्वती र स्वामी रमानन्द सरस्वती लगायतको बिशेष उपस्थीतिमा सन्त सम्मेलन गरिएको थियो । सो अवसरमा नेपालको राजनितिक परिवेस र हिन्दुधर्म बारे पनि चर्चा भएको थियो ।

सो अवसरमा बोल्दै स्वामी आत्मानन्द सरस्वतीले सन्तहरुले निर्माण गरेका धार्मिक तिर्थस्थल लाई राष्ट्रियकरण हुन बाट जोगाउनका लागि सनातत हिन्दु राष्ट्र स्विकार गर्ने पार्टी लाई आगामी दिनमा मतदान गर्नुपर्ने बताउनुभयो । बिधान संसोधन गरेर संबिधानमा हिन्दुधर्म स्विकार गर्ने लाई अव आउने निर्वाचनमा बिजयी बनाउनुपर्ने चर्चा गर्दै उहाँले” कम्युनिष्टहरुले धर्म निरपेक्षता मन पराउने टिप्पणी गर्नुभयो ।

यस्तै सन्त समाजका अध्यक्ष तथा हरिहर सन्यास आश्रम देबघाटका संरक्षक स्वामी ज्ञानानन्द सरस्वतीले ९० प्रतिशत भन्दा बढि हिन्दुहरु भएका देश लाई नेताहरुले धर्म निरपेक्षता घोषणा गर्नु दुखद भएको बताउनुभयो । उहाँले धर्म संस्कृति विनाको विकासले कसै लाई शान्ति नदिने दाबी गर्नुभयो ।
स्वामी रमानन्द सरस्वतीले धर्म संस्कृतिको रक्षा गर्न सकेमात्र मुलुकमा दिगो शान्ति स्थापना हुन सक्ने वताउनुभयो । धर्मको नाममा केही कमिकमजोरी भए सञ्चाएर जानुपर्ने उहाँको भनाई थियो ।

जल, जंगल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरि धार्मिक पर्यटन विकास गर्र्ने उदेश्यले अनन्त श्री विभुषित मुक्तिनाथ पिठाधिस्वर स्वामी कमलनयनाचार्यको संकल्पमा ब्राह्माण्डीय महायज्ञको आयोजना गरिएको हो ।

यहि फागुन ९ गते देखी शुरु गरिएको महायज्ञ २३ गते समापन हुने आयोजक समितिका सचिव नारायण आचार्यले जानकारी दिनुभयो । धार्मिक संरचना निर्माण भएसंगै पर्यटनको आकर्षणको केन्द्र बन्दै गएको पञ्चकोटमा महायज्ञ शुरु भएदेखीनै दैनिक हजारौको संख्यामा भिड लाग्ने गरेको पञ्चकोट धामका अध्यक्ष स्वामी दामोदर शास्त्री दाहालले बताउनुभयो ।

कार्यक्रम अनन्त श्री विभुषित मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यको अध्यक्षता, र स्वामी सुर्दशन प्रपन्नाचार्यको संचालनमा सम्पन्न भएको थियो ।