नेपालमा जलविद्युत, पर्यटन र कृषिको ठुलो सम्भावना छ – अर्थमन्त्री

/ प्रकाशित मिति :
शुक्रबार, फाल्गुन १८ २០८០

बागलुङ, १८ फागुन – अर्र्थमन्त्री प्रकाशशरण महतले नेपालमा जलविद्युुत, पर्यटन र कृषिको ठुलो सम्भावना रहेको बताउनुभएको छ । बागलुङ नगरपालिका – ६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा अनन्त श्री विभुषित मुक्तिनाथ पिठाधिस्वर स्वामी कमलनयनाचार्यको संकल्पमा आयोजित अनन्त श्री ब्रम्हाण्डीय महायज्ञको दशौ दिनको कार्यक्रम लाई सम्बोेधन गर्र्दै महतले अव नेपाल आर्थिक रुपान्त्रण तर्फृ अघि बढेको दाबी गर्नुुभयो ।
महतले राजनितिमा पनि केही समस्या भएकाले देशले चाहेजस्तो गतिलिन नसकेको बताउनुभयो । मेहेनतले मात्र धैरै देशले आर्थिक सम्मृद्धी हासिल गरेकोे चर्चा गर्दै अर्थमन्त्री महतले “ आर्थिक गतिविधीको वारे सबै सकरात्मक हुनुपर्र्नेमा जोड दिनुभयो ।
महतले नेपालमा केही हुदैन भनेर आँखा चिम्लेर टिप्पणी गर्नु गलत भएको बताउनुभयो । आत्तविश्वास र परिश्रमले मात्र सबै सम्भवहुने उहाँको भनाई छ ।
उहाँले पछिल्लो समय मुलुके विकासको लयमा गएको दाबी गर्नुभयो । आँखा चिम्लेर नेपालमा केही चैन भन्नु गलत भएको टिप्पणी गर्दै उहाँले नेपालको भविष्य प्रति गौरव जगाउने कार्य हुनुपर्नेमा जोड दिनुभयो । महतले पञ्चकोटको विकासले आध्यात्मीक संगै आर्थिक सम्मृद्धि ल्याउने दावी गर्नुभयो ।
विभिन्न दाताको सहयोग, महायज्ञबाट सङ्कलन भएको रकम र सरकारबाट भएको करोडौँको लगानीले अहिले पञ्चकोट देशव्यापी रुपमा चर्चित बनेको छ । पञ्चकोटलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजनाअनुसार महायज्ञका अवसरमा ५ हजार ५ सय ५५ किलोको महाघण्ट राष्ट्रपति रामचन्द्र पौडेल बाट अनवरण गरिएको छ । नेपालमा पहिलो पटक आह्वान गरिएको यस ब्रह्माण्डीय महायज्ञ यही फागुन २३ गतेसम्म सञ्चालन हुनेछ