नयाँ विश्वको सातौँ वार्षिकोत्सव सम्पन्न

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, फाल्गुन १८ २០८០

नागरिक सञ्चार प्रालिद्वारा सञ्चालित नयाँविश्वको सातौँ वार्षिकोत्सव शुक्रवार सम्पन्न भएको छ ।
नयाँ विश्वका विशेषाङ्क विमोचन सम्मान कार्यक्रम गरि सातौँ वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता काजिगाँउले श्रेष्ठले १६ र्औ शताब्दीमा सुरु भएको पत्रकारिताको यात्रा २१ औँ शताब्दीमा पनि उत्तिकै शक्तिशाली रहेको बताउनुभयो ।
लोकतन्त्र र गणतन्त्र स्थापनासँगै पत्रकारिता थप सहज भएको उल्लेख गर्दै उहाँले अहिले पत्रकारितामा नयाँ अनुहार देखिन छाडेकाले संचार जगत परिक्षणको घडीमा रहेको समेत बताउनुभयो ।
वडिगाड गाँउपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले समाचार पकस्ने काम धेरै नै जिम्मेवार विषय भएकोले समाजमा लोकतन्त्र, समाजिक सुधार र सुशासन कायम गर्न संचार जगतले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभयो ।
जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले स्थानीय तहको विकासको लागि संचार क्षेत्रको पनि महत्वपूर्ण भूमिका भएकोले व्यवसायिक रुपमा संचार माध्यम र पत्रकारहरुको विकासमा सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय समाचार समितिका प्रधान सम्पादक एकराज पाठकले २००८ सालमा पत्रिका स्थापना गर्ने ओमकार गौचन र गोविन्दलाल श्रेष्ठले नेपालमै मोफसलको पत्रकारीताको जग बसालेको चर्चा गर्नुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश सदस्य दयाराम पौडेल, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव विजय रानाले लगाएतले शुभकामना मंतव्य व्यक्त गर्नु भएको थियो ।
नयाँ विश्वको बारेमा सम्पादक मुकेशचन्द्र राजभण्डारीले जानकारी गराउनुभएको थियो । कार्यक्रम नागरिक सञ्चार प्रालिका अध्यक्ष माधव शर्माको अध्यक्षता, उपाध्यक्ष सुवाशचन्द्र राजभण्डारीको स्वागत र पत्रकार राम थापाको संचालनमा सम्पन्न भएको थियो ।
वार्षिकोत्सवको अवसरमा नागरिक सञ्चार प्रालिद्वारा स्थापित ओमकार गौचन स्मृति पत्रकारिता पुरस्कार– २०८० बाट ग्रामीण क्षेत्रबाट पत्रकारीमा निरन्तर लाग्ने गलकोटपत्र साप्ताहिकका सम्पादक वीरबहादुर चोखाललाई र नयाँ विश्व सम्मान २०८० बाट ताराखोला गाँउपालिका १ भुस्कातका जनप्रेम माध्यमिक विद्यालय ताराखोलाका प्रधानाध्यापक नइन्द्र बहादुर गुरुङलाई सम्मान गरिएको थियो ।
ओमकार गौचन स्मृति पत्रकारिता पुरस्कार– २०७९ बाट राष्ट्रिय समाचार समितिका प्रधानसम्पादक एकराज पाठक सम्मानित हुनुभएको छ । पुरस्कारको राशि दस हजार रुपैँया रहेको जनाइएको छ ।