विद्यामन्दिर माःविको ८३ औ वार्षिकोत्सव साताव्यापी कार्यक्रमका साथ सम्पन्न

/ प्रकाशित मिति :
बिहिबार, फाल्गुन ३ २០८០

बागलुङ,२ फागुन— विद्यामन्दिर माध्यमिक विद्यालय बागलुङको वार्षिकोत्सव  विविध कार्यक्रमका साथ बुधबार सम्पन्न भएको छ । साताव्यापीरुपमा बार्षिकोत्सव मनाउन शुरु गरेको बिद्यालयले बुधबार सरस्वती पुजा सहित, प्रभातफेरी, शैक्षिक बिज्ञान पर्दशनी, बिद्यालयमा योगदान गर्ने शिक्षक तथा कर्मचारी सम्मान गरेको थियो ।

सम्मानित हुनेमा लेखा बिषयका शिक्षक शंकर थापा, सरिता लामिछाने,जमुना भण्डारी, लेखा सहायक टुकु शर्र्मा, कार्यालय सहयोगी खगिसरा थापा रहनुुभएको छ । उहाँहरुलाई बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्य र प्रमुख अतिथि बरिष्ठ चन्दादाता लालु श्रेष्ठले सम्मान पत्र सहित दोशल्ला ओडाएर सम्मान गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै चन्दादाता श्रेष्ठले बिद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर बृद्धिका लागि आफुले जस्तोसुकै सहयोग गर्ने बताउनुभयो । उहाँले पुरानो ईतिहास बोकेको बिद्यालय भएको हुनाले यस बिद्यालय लाई सुबिधा सम्पन्न र शैक्षिक आकर्षणको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमा बागलुङ समाज कल्याण केन्द्र काठमाण्डौका अध्यष रस्युमिला श्रेष्ठ,शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख युक्तप्रसाद शर्मा, नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल, चन्दादाता श्रवणलाल शाक्य, सिद्यार्थ मिलन श्रेष्ठ, शिक्षक अभिभावक सघंका अध्यक्ष खिमानन्द पौडेल, कक्षा ११ र १२ का पुर्व संयोजक डा. डिल्लीराज गौतम र बिद्यार्थी संस्कार गौतम लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । अर्का बिद्यार्थी सिर्मन परियारले स्वागत गित प्रस्तुत गरेको बिद्यालयले जनाएको छ ।

बिद्यालयको शैैक्षिक तथा प्र्रगति प्रतिबेदन प्रधानाध्यापक छविरमण रेग्मीले प्रस्तुत गर्दै बिद्यालयमा करिब १५ सय बिद्यार्थी अध्यनरत रहेको जानकारी दिनुभयो । ठुलो संस्यामा बिद्यार्थी रहेकाले प्रयाप्त खेल मैदान तथा अन्य आर्थिक तथा भौतिक रुपमा अभाव रहेको बताउनुभयो।

कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यको अध्यक्षता र शिक्षक भिमप्रसाद गौतमको संचालनमा सम्पन्न भएको थियो ।