ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणलाई प्राथमिकता: प्रमुख सुमन निउरे

कृष्ण संयोग, बागलुङ / प्रकाशित मिति :
मंगलबार, फाल्गुन १ २០८០

जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख सुमन निउरेले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणलाई आफ्नो कार्यकालमा प्राथमिकता दिने बताउनु भएको छ ।
कास्कीबाट बागलुङ सरुवा भई आउनु भएका निउरेले पत्रकारहरुसंगको अन्तक्रिया कार्यक्रममा बागलुङ जिल्लाको मुख्य चुनौति भनेको ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरण भएकोले त्यसैमा केन्द्रित भएर काम गर्ने बताउनुभयो ।
ट्राफिक नियमको पूर्ण पालना गराउने कुरामा केही व्यवस्थापन गर्न सकिए मात्रै दुर्घटना न्युनिकरणमा सहज हुने र ट्राफिक व्यवस्थापनमा पनि सहयोग पुग्ने भएकाले आफु त्यसैमा केन्द्रित हुने उहाँको भनाई थियो ।
पत्रकारहरुको राय सुझाव लिँदै निउरेले स्थानिय पालिकाहरुसंगको समन्वयमा विभिन्न कार्ययोजना निर्माण गरी ट्राफिक सचेतना, ट्राफिक संकेत, सवारी साधन र अटो रिक्सा व्यवस्थापनमा नियमन र कडाई गर्ने बताउनुभयो ।
कार्यक्रममा उपस्थित पत्रकारहरुले ट्राफिक नियमको पूर्णपालना र पूर्वाधारको कुरामा केही व्यवस्थापन गर्न सकिए मात्रै पनि धेरै सहज हुने सु्झाव दिएका थिए । पत्रकारले अहिले हुने गरेको ट्राफिक जामले धेरैलाई समस्यामा पारेको बताएका थिए ।
ट्राफिक व्यवस्थापनलाई कडाई गर्नुपर्नेमा उनिहरुको जोड थियो । कार्यक्रममा पत्रकार महासंघ बागलुङका सह–सचिव तारानाथ आचार्य, कोषाध्यक्ष खेमराज गौतम सुवास लगायत विभिन्न संचारमाध्यमा कार्यरत पत्रकारहरुले आ–आफ्नो धारणा राखका थिए ।