गण्डकीको मन्त्रिपरिषद बैठक पञ्चकोटमा सम्पन्न (भिडियो सहित)

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, फाल्गुन १ २០८០

गण्डकी प्रदेश सरकारले पञ्चकोटमा आयोजना हुने ब्रम्हाण्डीय महायज्ञलाई सहयोग गर्ने र सहयोगको आब्हान गर्ने निर्णय गरेको छ ।
सोमबार पञ्चकोटमा आयोजित मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन् । बैठकअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहितका मन्त्रीलाई महायज्ञका अगुवा कमलनयनाचार्यले स्वागत गरेका थिए ।
बैठकले मनाङको नासो गाउँपालिकाको वडा सिमाना संशोधनका लागि संघ सरकारलाई सिफारिस गरेको छ । मन्त्रीपरिषद बैठकले सिमाना संशोधन काागि संघ सरकारमा सिफारिस गरिएको अर्यालले जानकारी दिइन् ।
महायज्ञको प्रचार प्रसार तथा सहयोगका लागि मन्त्रीपरिषद बैठक महायज्ञस्थलमै पुगेर बसेको थियो । सबै क्षेत्रमा सहयोगको लागि आब्हान गर्ने निर्णय भएको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अर्यालले जानकारी दिनुभयो ।
पञ्चकोटमा १ सय ८ फिट अग्लो कलस निर्माणसहित धार्मिक महत्वका क्रियाकलाप र संरचना निर्माणका लागि महायज्ञ लगाइदैछ । त्यसका लागि बिशेष सहयोग गर्ने र सबैलाई सहयोगका लागि आब्हान गर्ने बैठकले निर्णय गरेको हो ।
सोमबारकै बैठकले क्यान्सर र ब्रेन ट्युमर भएका ७० जना बिरामीका लागि बिशेष आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । प्रदेश निजामती सेवा पुरस्कार सिफारिस समितिलाई पूर्णता दिने, समपुरक तथा बिशेष अनुदानअन्र्तगत ८ वटा आयोजना संचालन गर्न नेपाल सरकारमार्फत राष्ट्रिय योजना आयोगमा अनुरोध गर्ने निर्णय गरेको हो ।
बागलुङ नगरपालिका–६ को पञ्चकोटमा आगामी फागुन ९ गतेदेखि २३ गतेसम्म हुने ब्रम्हाण्डीय महायज्ञमा राष्टपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसहित मन्त्री, सांसद, व्यवसायी उद्योगी लगायतको उपस्थिति हुने भएपछि धमाधम सडक निर्माण भैरहेको छ ।

पुरा भिडियो हेनुहोस्ः