रेडक्रस बागलुङ शाखाको ३४ औ साधारण सभा विविध कार्यक्रमका साथ सम्पन्न

/ प्रकाशित मिति :
शनिबार, माघ २७ २០८០

नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाको ३४ औ साधारण सभा शनिबार एक समारोहका बिच सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै उहाँले मानविय सेवामा रेडक्रसले खेलेको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो ।उहाँले जिल्लामा हुने बिभिन्न बिपदजन्य क्रियाकलापमा जिल्ला प्रहरी प्रशासनले पनि रेडक्रससंग सहकार्य गरेर अगाडी बढ्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा तमानखोला गाँउपालिकाका अध्यक्ष जोकलाल बुढा मगर, ताराखोला गाँउपालिकाका उपाध्यक्ष भिमबहादुर रोका, नेपाल रेडक्रस सोसाईटीका निवर्तमान सभापति जब्बरबहादुर लामिछानेले मंतव्य व्यक्त गर्नु भएको थियो ।

त्यसैगरि पुर्व सभापति विश्वनाथ रेग्मी, बागलुङ नगरपालिका वडा नम्वर –४ का अध्यक्ष कुमार बिक्रम क्षेत्री, वडानम्वर– ११ का अध्यक्ष ज्ञानेन्द्र गौतम, अधिवक्ता लक्ष्मी बास्कोटा, नेपाल रेडक्रस सोसाईटी कालिगण्डकी उपशाखाका सभापति हरिबहादुर जिसी, हटिया उपशाखाका सभापति रामप्रसाद शर्मा, मालिका उप–शाखाका सभापति रेशमलाल सापकोटा, अन्र्तपार्टी महिला संजालका अध्यक्ष सिता सापकोटा, चिल्ड्रेन लाईफ बोडिङ्ग स्कुल युवा रेडक्रस सर्कलका नकहुल गैरे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

रेडक्रसका सिद्धान्तबारे उप–मन्त्रि ढालेन्द्रप्रसाद गौतमले जानकारी गराउनुभएको थियो । सो अवसरमा रेडक्रसमा मन्त्रि भुवानीप्रसाद कँडेलले प्रस्तुत गरेको प्रगति प्रतिबेदन र कोषाध्यक्ष जिवननाथ शर्मा रेग्मीले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सर्वसम्मत रुपमा पारित भएको थियो ।

कार्यक्रममा रेडक्रसका निवर्तमान सभापति जव्वरबहादुर लामिछानेलाई सम्मान पत्र सहित दोशल्ला ओढाएर सम्मान गरिएको थियो । उत्कृष्ट कार्य गर्ने शाखाहरु मध्य नेपाल रेडक्रस सोसाईटी मालिका उपशाखा, बुर्तिबाङ्ग उपशाखा र कालिगण्डकी उपशाखा लाई सम्मान गरिएको थियो ।

त्यसैगरी सम्मानित हुनेमा रेडक्रस बागलुङ्ग शाखामा कार्यरत शाखा अधिकृत मेलिना जिसी कार्की,जिल्ला शाखा अन्र्तगतको परियोजनामा कार्यरत गोकर्ण श्रेष्ठ, लेखा अधिकृत अच्युत अधिकारी लगायत स्वास्थ्य सुपरभाईजर र सामाजिक परिचालक गरी ७ जनालाई सम्मान गरिएको मन्त्रि कँडेलले जानकारी दिनुभयो ।

त्यस्तै जुनियर रेडक्रस सर्कल अन्र्तगत उत्कृष्ट कार्य गर्न सफल युनिभर्सल सवलाईन एकेडेमी, कालिगण्डकी आवसिय माबि र चिल्ड्रेन लाईफ ईङ्गलिस बोडिङ्ग स्कुललाई सम्मान गरिएको थियो ।

कार्यक्रम नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाका सभपति जगन्नाथ आचार्यको अध्यक्षता, उपसभभापति सिता शर्माको स्वागत, अर्का उपभापति राजेन्द्र आचार्यको धन्यबाद तथा मन्त्रि कँडेलको संचलानमा सम्पन्न भएको थियो ।