रेडक्रस मालिका उपशाखाको १५ औं बार्षिक साधारणसभा सम्पन्न

/ प्रकाशित मिति :
आइतबार, माघ ७ २០८០

बागलुङ, ७ माघ – नेपाल रेडक्रस सोसाइटी मालिका उपशाखाको १५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै बागलुङ नगरपालिका वडा नम्वर – ५ का वडाअध्यक्ष हरिप्रसाद शर्माले दुखी गरिबहरुको घाउमा मलम लगाउने काम रेडक्रसले गर्ने भएकाले आफ्नो वडाले पनि रेडक्रस संग सहकार्य गरेर अगाडी बढेको बताउनुभयो । उहाँले सामाजिक सेवामा मालिका उपशाखाले खेलेको भुमिका प्रशंसनिय भएको बताउनुभयो ।

रेडक्रसका निबर्तमान सभापती जब्बर बहादुर लामिछानेले रेडक्रस सोसाइटी मालिका उपशाखाले रेडक्रसको सिद्धान्त अनुसार अगाडी बढेको बताउनुभयो । उहाँले सेवालाई थप प्रभावकारी बनाउदै अगाडी बढ्न सुझाब दिनुभयो ।

कार्यक्रममा जिल्ला शाखा बाग्लुङका कोषाध्यक्ष्य जीबननाथ शर्मा,ग्लोबल आइएमी बैंक बाग्लुङका शाखा प्रबन्धक हेमराज शर्मा, पुण्यप्रसाद सापकोटा लगायतले मन्तब्य ब्यक्त गर्नु भयको थियो ।

कार्यक्रममा बा.न.पा ५ मालिकामा रहेको मालिका माबिमा अध्ययनरत ३० जना विद्यार्थीलाई बिधालय पोशाक,विभिन्न बिधालयहरुलाई माक्स, बन उपभोक्ता समितिका अध्यक्ष एब सहयोगदाता समन्वयकर्ता लाई डायरी समेत वितरण गरियको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मालिका उपशाखाले १ आर्थिक बर्षमा गरेका कामहरुको प्रगती विवरण सचिब मातृका प्रसाद आचार्यले र आर्थिक प्रतिबेदन कोषाध्यक्ष्य दीपक प्रसाद आचार्यले प्रस्तुत गर्नु भयको थियो ।

न्यानो पोशाक सौजन्य गर्नु हुने रेडक्रस सोसाइटी मालिका उपशाखाका विशिष्ट सदस्य रबिलाल रेग्मी र जमुना गौतम कंडेललाई सम्मान गरिएको थियो ।

कार्यक्रम मालिका उपशाखाका सभापती रेशमलाल सापकोटाको अध्यक्षता,उपसभापति राधाकुमारी शर्माको स्वागत मन्तब्य र सचिब मातृका प्रसाद आचार्यको सन्चालनमा सम्पन्न भयको थियो ।