ईमेज सहकारीको विशेष साधारणसभामा कृष्ण बहादुर सार्की अध्यक्ष बने

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, माघ ७ २០८០

इमेज वचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको विशेष साधारण सभा शनिवार बागलुङ बजारमा सम्पन्न विशेष साधारण सभाले कृष्ण बहादुर सार्कीको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरको छ । सञ्चालक समितिको उपाध्यक्षमा बाल कुमारी केसी, सचिवमा सीता केसी, कोषाध्यक्षमा सरिता तिमिल्सिना कँडेल रहेका छन् ।

समितिको सदस्यमा गुप्त बहादुर खत्री, कृष्णा कार्की र अजिज उल मिया रहेका छन् । साधारण सभाले हरि बहादुर कार्कीको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति पनि चयन गरेको छ । समितिको सदस्यमा कुल बहादुर राना र गोमा विश्वकर्मा रहेका छन् ।