अन्नपूर्ण सहकारीको साधारणसभा सम्पन्न, दुई जना ज्येष्ठ नागरिक सम्मान

कृष्ण संयोग, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, पुष २७ २០८០

धौलागिरी एफएमका पूर्व संचालकहरुले स्थापना गरेको अन्नपूर्ण बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको १५ औं साधारणसभा सम्पन्न भएको छ ।
सो अवसरमा बोल्ने वक्ताहरुले गरिब तथा विपन्न वर्गका लागि आर्थिक रुपमा सहकारी महत्वपूर्ण भूमिका खेलेको बताए । सहकारीको भावना अनुसार सही ढङ्गले चलाउन सके कुनै समस्या नदेखिने र आउन नदिनको लागि सचेत रहनुपर्ने जोड दिए ।
साधारण सभामा सहकारी ज्येष्ठ शेयर सदस्य कर्ण बहादुर हमाल र प्रेम बहादुर थापालाई ज्येष्ठ नागरिक सम्मान गरिएको थियो ।
नेपाल पत्रकार महासंघका सहसचिव तारानाथ आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सहकारीका अध्यक्ष अशोक श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभा उपाध्यक्ष काजीरोशन श्रेष्ठको स्वागत मन्तव्य, सचिव दयाराम पौडेलको संचालनमा सम्पन्न भएको थियो ।