२० दिने बुट्टेनली सम्बन्धी तालिमको समापन

/ प्रकाशित मिति :
बिहिबार, पुष १९ २០८០

बागलुङ, १९ पुष – बागलुङ हस्तकला सघंले संचालन गरेको २० दिने बुट्टेनली सम्बन्धी तालिम बुधाबार सम्पन्न भएको छ ।

तालिम समापनका अवसरमा बोल्दै हस्तकला महासघंका केन्द्रिय अध्यक्ष प्रचण्ड साक्यले हराउदै गएको बुट्टेनलीको महत्वलाई सबै सामु बुझाउनका लागि तालिमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो ।ज्ञान र सिपको अभावका कारण कतिपय कला संस्कृति हराउदै गएको चर्चा गर्दै उहाँले हस्तकलासघंले संचालन गर्ने कार्यक्रममा महासघंले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा बागलुङ हस्तकला सघंका संस्थापक संरक्षक प्राज्ञ प्रेम छोटा, हस्तकला महासघंका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष दिपेन्द्र साक्य, सघंका सल्लाहकार ईश्वर मलेपति, बिद्यामन्दिर माबि संचालक समितिका अध्यक्ष बाबुलाल शाक्य, प्रधानाध्यापक छविरमण रेग्मी, तालिमका प्रशिक्षक बसन्तजंङ्ग राजभण्डारी, पत्रकार कोपीला कँडेल र तालिमका सहभागी तेजन विश्वकर्मा लागयतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तलिम समापनका अवसरमा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो । तालिममा बिद्यामन्दिर माबि र कालिगण्डकी बोडिङ्ग स्कुलका बिद्यार्थीले सहभागिता जनाएका थिए ।

कार्यक्रम बागलुङ हस्तकला सघंका कार्यबाहक अध्यक्ष ज्योती श्रेष्ठको अध्यक्षता, सदस्य शकुन्तला श्रेष्ठको स्वागत मन्तव्य र महासचिव सम्झना राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।