मालिका सेवा समाजको छैठौं साधारणसभा सम्पन्न

/ प्रकाशित मिति :
आइतबार, पुष १५ २០८០

राजेशचन्द्र राजभण्डारी
बागलुङ ,पुस १५ – मालिका सेवा समाजको छैठौं साधारणसभा बागलुङ नगरपालिका – ५ बान्द्रेको श्रीकृष्ण आधारभूत बिद्यालय प्रांगणमा भव्य रूपमा सम्पन्न भएको छ ।

समाजले आफ्नो साधारणसभाको अवसरमा समाजको आजीवन सदस्यहरूलाइ प्रमाणपत्र समाजमा योगदान पुर्याएका ब्यक्तिहरूलाइ सम्मान पत्र अबिर खादा सहित सम्मान गरेको थियो ।
सो अवसरमा बोल्ने वक्ताले समाजले आफ्नो स्थापनाको छोटो अवधिमा स्थानीय तहले गर्ने काम गरेर उदाहरणीय बन्दै गएको हुदा यसलाई अझै मजबुत बनाउन जरुरी रहेको बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका पुर्व सांसद इन्द्रलाल सापकोटा ,मालीका गाउँ पन्चायतका पुर्व प्रधानपञ्च कृष्णराज शर्मा , नेपाल रेडक्रस सोसाइटीका सभापति जगन्नाथ आचार्य ,वडा नम्बर ५ का वडा अध्यक्ष हरिप्रसाद शर्मा ,मालीका सेवा समाजका निर्वतमान अध्यक्ष दुर्गाबहादुर कुवर ,मालीका सेवा समाजका सह संरक्षक सिता सापकोटा ,सल्लाहकार भीमबहादुर केसी ,श्रीकृष्ण आधारभूत बिद्यालयका प्रधानाध्यापक दयाराम सापकोटा, गण्डकी धौलागिरि यातायात प्रालिका अध्यक्ष उमेश केसी ,लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा समाजले एक आर्थिक बर्षमा गरेको प्रगति प्रतिवेदन समाजका सचिव खडानन्द सापकोटा, आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रकाश केसीले प्रस्तुत गर्नुभएको थियो ।

समाजमा सामाजिक शैक्षिक र मानवीय सेवा गर्ने उदेश्यका साथ गठन भएको मालीका सेवा समाज बागलुङले स्थापनाको छोटो समयमा समाजमा सामाजिक क्रियाकलाप गरेर आफुलाइ स्थापित गर्न सफल भएको छ ।

समाजले जेष्ठ नागरिक सम्मान चौरासी पुजा सम्पन्न गरिसकेका जेष्ठ,अपांग भएका नागरिकलाई सम्मान र सहयोग शैक्षिक सामाग्री वितरण ,स्टेचर वितरण लगायतका काम गरेको प्रतिवेदन मार्फत जानकारी गराइएको थियो ।

कार्यक्रम मालिका सेवा समाजका अध्यक्ष जीवन नाथ शर्मा रेग्मीको अध्यक्षता समाजका उपाध्यक्ष तेजबहादुर कुवर सन्तोषको स्वागत मन्तव्य र सचिव खडानन्द सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।