कपडा तथा फेन्सी व्यावसायी समितिको नयाँ नेतृत्व चयन, अध्यक्षमा दलबहादुर कार्की

/ प्रकाशित मिति :
शनिबार, पुष १४ २០८០

 

बागलुङ,  १४ पुष– कपडा तथा फेन्सी व्यवसायी समिति बागलुङको चौधौ साधारण सभा तथा पाचौ अधिवेशन नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न भएको छ ।

साधारण सभाले दलबहादुर कार्की डिबीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा गोकुलप्रसाद कँडेल, सचिवमा प्रेमप्रसाद गौतम, सह–सचिवमा रबिन्द्र कुमार श्रेष्ठ र कोषाध्यक्षमा मातृका आचार्य रहनुभएको छ ।

यसैगरी समितिका सदस्यहरुमा मुरारी गैरे, युगेन्द्र श्रेष्ठ, नन्दकली अधिकारी, मनोज कुमार शाह, उमानाथ गौतम र करुणा खड्का रहनुभएको छ ।

अधिवेशनको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर उप–प्रमुख राजु खड्काले व्याव्साय लाई चलायमान बनाउनका लागि बिगतका संस्कार र शैली बदल्नुपर्ने बताउनुभयो । नयाँ तरिकाले व्यावसाय संचालन गर्न चाहेमा उद्यागी व्यावसायीलाई नगरपालिकाले सहयोग गर्ने उहाँको भनाई थियो ।

सो अवसरमा फेन्सी व्याव्सायी समितिमा रहेर वा अन्य ढङ्गले समिति लाई सहयोग गर्ने ६ जना लाई सम्मान समेत गरेको थियो ।

सम्मानित हुनेमा अञ्जना स्टोर्सका जेष्ठ सदस्य प्रेम बहादुर श्रेष्ठ, समितिका पुर्व अध्यक्ष भोजराज रेग्मी, निवर्तमान अध्यक्ष चन्द्रकान्त पौड्याल, समितिका कानुनी सल्लाहकार गोबिन्द प्रसाद वझा, बा.न.पा ७ का वडा अध्यक्ष तथा फेन्सी व्याव्सायी मेघनाथ गैरे र पंगाली फेन्सी स्टोर्सका बासुदेव पौडेल रहनुभएको छ ।

सम्मानित सबै लाई नगर उप–प्रमुख राजु खड्का र फेन्सी व्यावसायी समितीका अध्यक्ष रामचन्द्र शर्माले सम्मान पत्र सहित दोशल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

सो अवसरमा बागलुङ उद्योग बाणिज्य सघंका कोषाध्यक्ष नविन कुमार श्रेष्ठ, नेपाल उद्योग व्यापार संगठनका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, नेपाल उद्योग व्यावसायी महासघंका अध्यक्ष दुर्गा कुवर र सम्मानित व्याक्तित्व तथा बानपा ७ का वडा अध्यक्ष मेघनाथ गैरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा सचिव प्रेमलाल गौतमले प्रगति र कोषाध्यक्ष गोकुल प्रसाद कँडेलले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम कपडा तथा फेन्सी व्यावसायी समितिका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षता, उपाध्यक्ष दलबहादुर कार्कि डिबीको स्वातग र द्धितिय उपाध्यक्ष गोबिन्द सुबेदी र सचिव प्रेमलाल गौतमको संचालनमा सम्पन्न भएको थियो ।