सातौं बागलुङ महोत्सवमा उद्योग बाणिज्य सघंका पाँच पुर्व अध्यक्ष सम्मानित

/ प्रकाशित मिति :
बिहिबार, पुष १२ २០८០

 

बागलुङ, ११ पुष –सातौं बागलुङ महोत्सवमा बागलुङ उद्योग वाणिज्य संघका पाँच पूर्व अध्यक्ष लाई सम्मान गरिएको छ ।

महोत्सवको पहिलो दिन संघका पूर्व अध्यक्षहरु सहदेव राजभण्डारी, ध्रुवराज गौतम, बसन्त कुमार श्रेष्ठ, जयराम भारी र युवराज राजभण्डारी राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सम्मानित हुनु भएको हो । राष्ट्रपति पौडेलले उहाँहरुलाई सम्मानपत्र प्रदान सहित दोशल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

संघ मार्फत चैते दशैं मेला र बागलुङ महोत्सव आयोजना गरेर बागलुङको स्थानीय वस्तुहरुको बजारीकरण, पर्यटन प्रवद्र्धन, आर्थिक बजारलाई चलायनमान बनाउन पुर्व अध्यक्षहरुको महत्वपुर्ण भुमिका रहेकाले सम्मान गरिएको बागलुङ उद्योग बाणिज्य सघंले जनाएको छ ।

बागलुङ लाई व्यवसायिक गन्तव्यको रुपमा विकास गर्न योगदान गरेकोले सम्मानित गरिएको सघंका अध्यक्ष तथा सातौं बागलुङ महोत्सवका संयोजक नरेश कँडेलले जानकारी दिनुभयो ।