कमर्शियल सहकारी संस्थाको अध्यक्षमा पुनः हिरामणी उपाध्याय

/ प्रकाशित मिति :
मंगलबार, पुष १០ २០८០

बागलुङ, १० पुष – कमर्शियल बहुउदेश्यीय सहकारी संस्था लि बागलुङको अध्यक्षमा पुनः हिरामणी उपाध्याय निर्वाचित हुनुभएको छ ।

संस्थाको १७ औ बार्षिक साधारण सभा तथा छैठौ अधिवेशनले उपाध्यायको अध्यक्षतामा नयां संचालक समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा चक्रबहादुर खड्का, सचिवमा टेक बहादुर रोका आरसी, कोषाध्यक्ष लेखनाथ पौडेल र सहसचिव राजु शर्मा रहनुभएको छ ।

संचालक समितिको सदस्यमा हेम शर्मा पौडेल, बिनोद पौडेल, गिता खड्का, पदमबहादुर खत्री, राम बहादुर केसी, लिलाकुमारी खड्का, दुर्गादेबी शर्मा र सिता अधिकारी पौडेल रहनु भएको छ ।
यसैगरी लेखा सुपरिबेक्षण समिति संयोजकमा बिष्णुप्रसाद सापकोटा, सदस्य कौशीलादेबी पुन र दिपेन्द्र शर्मा रहनुभएको छ । कार्यक्रमको उद्घाटन् समारोहमा बोल्दै सहकारीका सल्लाहकार तथा समाजसेवी केबी राना मगरले नियम सम्वत रुपमा संचालन गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा बागलुङ नगरपालिका सहकारी बिभाग प्रमुख प्रेम प्रसाद शर्मा सापकोटा , जिल्ला सहकारी सघंका उपाध्यक्ष पिंगला जिसी, सेयर सदस्य टेकबहादुर क्षेत्री, दुर्गा शर्मा, जनप्रतिनिधी आशा केसी, भगवती सापकोटा र निर्वाचन मण्डलका सदस्य प्रेम सापकोटाले मंतव्य व्यक्त गर्नु भएको थियो ।

अधिवेशनले संस्थाका सचिव टेक बहादुर आरसीले प्रस्तुत गरेको प्रगति प्रतिबेदन, कोषाध्यक्ष लेखनाथ पौडेलले प्रस्तुत गरेको आर्थिक र लेखा सुपरिबेक्षण समितिका संयोजक रुपेश थापाले प्रस्स्तु गरेको लेखा समितिको प्रतिबेदन पारित गरेको थियो ।

कार्यक्रम कमर्शियल सहकारी संस्था लि.का अध्यक्ष हिरमणी उपाध्यायको अध्यक्षता, उपाध्यक्ष चक्रबहादुर खड्काको स्वागत र सचिव टेक बहादुर आरसीको संचालनमा सम्पन्न भएको थियो