नवरत्न बहुउदेश्यीय सहकारी संस्थाको १३ औ साधारणसभा

/ प्रकाशित मिति :
मंगलबार, पुष १០ २០८០

 

बागलुङ, १० पुष – नवरत्न बहुउदेश्यीय सहकारी संस्थाको १३ औ साधारण सभा सोमबार बनभोज कार्यक्रमका साथ सम्पन्न भएको छ । बागलुङ कालिका मन्दिर परिसर बालउद्यानमा आयोजित साधारण सभाको उद्घाटन सहकारीका संस्थापक तथा जेष्ठ सेयर सदस्य डालबहादुर खड्काले गर्नुभएको थियो ।

उद्घाटनपछि बोल्दै उहाँले नवरत्न सहकारीको आन्तिरीक रुपमा स्वस्थ र सबल रहेकाले बजारमा फैलिएका अफवाहको पछि नलाग्न आग्रह गर्नुभयो । नियमसम्वत रुपमा चलेका सहकारीमा कुनै खालको समस्या नरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष बलबहादुर खड्का, पुर्व अध्यक्ष हेम बहादुर खत्री, सेयर सदस्य अधिवक्ता रमेशबहादुर खड्का, आदर्श संचार सहकारी संस्थाका सल्लाहकार दिलबहादुर कार्की, सिगाना माबि तित्याङका प्रधानाध्यापक लक्ष्मण खड्का र सेयर सदस्य कविराज जिसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा संस्थाका अध्यक्ष देबबहादुर खड्काले संस्थागत प्रतिबेदन, सचिव मेजर तेजबहादुर खत्रिले प्रगति, कोषाध्यक्ष प्रेमबहादुर क्षेत्रीले आर्थिक र लेखा सुपरिबेक्षण समितिका संयोजक हेमराज गौतमले लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका जेष्ठ सेयर सदस्य मैना जिसी, छमबहादुर खड्का र उत्कृष्ट कर्मचारी हेमा जिसी, उत्कृष्ट कारोबारी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी लगाएत २ दर्जन बढिलाई सम्मान एबं पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रम नवरत्न बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष देबबहादुर खड्काको अध्यक्षता, उपाध्यक्ष हरिबहादुर कार्कीको स्वागत मन्तव्य र सचिव मेजर तेजबहादुर खत्रिको संचालनमा सम्पन्न भएको थियो ।