काठेखोलाको कर्लिममा नागरिक आरोग्य संचालन

/ प्रकाशित मिति :
सोमबार, मंसिर २५ २០८០

धौलागिरी आयुर्वेद औषधालय बागलुङको आयोजनामा काठेखोला गाउँपालिका–५ कर्लिममा जेष्ठ नागरिक आरोग्य कार्यक्रम संचालन भएको छ ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै वडा नम्वर ५ का अध्यक्ष ज्ञामनाथ कँडेलले कर्लिमका जेष्ठ नागरिक स्वास्थ्य सेवाको पहुँचमा पुग्न कठिन भएको साथै भुगोलको अनुकुल परिस्थिती नभएको हुँदा वडाले स्थान छनोटमा प्राथमिकता दिएको र जेष्ठ नागरिकले आफ्नो स्वस्थ्य जाँच घरदैलो नजिक गर्न पाउनु सुखद् पक्ष भएको बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष आयुर्बेद चिकित्सक डा. शरद पन्थीले जेष्ठ नागरिक नसर्ने प्रकृतिका रोग र बृद्धावस्थाजन्य समस्याले पिडामा हुने भएकोले उनीहरुको स्वास्थ्य प्रर्वद्वन गर्ने हेतुले जेष्ठ नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

कार्यक्रममा डा. शरद पन्थी, डा. कमल बिक्रम पौडेल लगायतको टोलीले जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्नुका साथै औषधी बितरण गरी स्वास्थ्य परामर्श प्रदान गरेको थियोे ।