शक्ति र सत्ता बाटनै हिंसाका घटना भएका छन् – चित्र ब. केसी

/ प्रकाशित मिति :
आइतबार, मंसिर २४ २០८០

बागलुङ, २४ मंसिर –प्रतिनिधि सभाका सदस्य तथा पुर्व उप–प्रधानमन्त्रि चित्र बहादुर केसीले मुलुकमा शक्ति र सत्ताबाटनै मुलुकमा बिभिन्न मानवअधिकार उल्लंघनका घटना भईरहेको बताउनुभएको छ ।

बागलुङ नगरपालिका र सामाजिक बिकाश कार्यालयले आयोजना गरेको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान तथा ७५ औ मानवअधिकार दिवशमा आयोजित अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले गलत शिक्षा नितिका कारण पनि हिंसाका घटना भईरहेको बताउनुभयो ।

केसीले नेपालमा मान्छे बेच्ने खालको शिक्षा निति रहेको टिप्पणी गर्नुभयो । महिला हिंसा तथा मानवअधिकार उल्लंघनका घटना बढ्नुमा परम्परागत रितिरिवाज र वर्तमान शिक्षा पद्धतीनै हावी रहेको उहाँको भनाई थियो ।

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापाले सामाजिक आर्थिक र राजनितिक रुपमानै महिलाहरु पछाडी पारिएको बताउनुभयो । हिंसा रहित समाज निर्माणका लागि संस्कार र संस्कृति बदलिनुपर्ने उहाँको भनाई थियो ।

यस्तै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले मानवअधिकारको संरक्षण तथा हिँसा रहित समाज निर्माणका लागि समाजमा राम्रो सकरात्मक चिन्तनको बिकाश हुनुपर्ने बताउनुभयो ।

सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले नेपालमा मानवअधिकारको अवस्था र संक्रमणकालिन न्याय बिषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर–उपप्रमुख राजु खड्का, बरिष्ठ अधिवक्ता काजिगाउले श्रेष्ठ, अन्र्तपार्टी महिला संजालका पिंगला जिसी र नेपाल मानवअधिकार संगठनका अध्यक्ष लक्ष्मी जिसी कार्की लगायतले बोल्नुभएको थियो ।

कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी चित्रांङ्गत बरालको अध्यक्षता र सामाजिक बिकास कार्यालय प्रमुख गोमा देबी रिजालको संचालनमा सम्पन्न भएको थियो ।

यसैबिच बागलुङ नगरपालिका अन्र्तगत अल्पकालिन महिला सेवा केन्द्र बागलुङले सुनौलो बागलुङ र गुरास शिक्षा सदनको समन्वयमा सुनौलो बागलुङका अध्यक्ष दिलिप प्रतेलद्धारा लिखित लैङ्गिक हिँसा बिरुद्धको सडक नाटक प्रस्तुत गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय अगाडी पर्दशन गरिएको सडक नाटकमा प्रतिनिधी सभा सदस्य चित्र बहादुर केसी जिल्ला समन्वय समितिका प्रमुख अमर थापा, बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठ उपमेयर राजु खड्का लगायत बिभिन्न सरकारी तथा गैरसरकारी सघंसंस्थाका प्रमुख तथा प्रतिनिधिले सहभागिता जनाएका थिए ।

सडक नाटकको संचालन सुनौलो बागलुङका अध्यक्ष दिलिप प्रतेलले गर्नुभएको थियो ।