ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यो बर्षकै पहिलो हिमपात

/ प्रकाशित मिति :
सोमबार, मंसिर १८ २០८០

 

बागलुङ, १८ मंसिर – बागलुङ जिल्लाको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यो बर्षकै पहिलो हिमपात भएको छ । मौसम बद्लीसँगै सोमबार बिहानैदेखि हिमपात भएको हो ।

सोमबार बिहानदेखि हिमपात भइरहेको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख बिरेन्द्र कँडेलले जानकारी दिनुभयो । हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको छ । चिसो धेरै बढेको कारण जनजीवन कष्टकर भएको कँडेलले बताउनुभयो ।

हिमपातका कारण ढोरपाटनको तापक्रम माईनसमा झरेको छ ।  हिमपातपछि ढोरपाटन उपत्यकाको वातावरण रमाइलो र आकर्षक भएको छ । हिमपातले गर्दा घोडा खच्चड तथा बस्तुभाउलाई घाँस दाना हाल्नसमेत गाह्रो भएको स्थानीय कूलबहादुर विकले बताउनुभयो ।

हिमपातपछि ढोरपाटन उपत्यकाको वातावरण रमाइलो र आकर्षक भएको छ ।बागलुङ र रुकुम पूर्वको सिमानामा पर्ने पातीहाल्नेमा हिमपात भएको छ ।