बागलुङमा बुट्टेनली सम्बन्धी २० दिने तालिम शुरु

/ प्रकाशित मिति :
आइतबार, मंसिर १७ २០८០

बागलुङ, १७ मंसिर – बागलुङ हस्तकला सघंको आयोजनामा आईतबार देखी बुट्टेनली सम्बन्धी २० दिने तालिम शुरु भएको छ ।
तालिमको उद्घाटन सघंका संस्थापक संरक्षक प्राज्ञ प्रेम छोटाले गर्नुभएको थियो ।

उद्घाटन पछि बोल्दै उहाँले बुट्टेनली बागलुङको पहिचान भएकोले यसको संरक्षण र पर्वद्धन हुनुपर्ने बताउनुभयो । तालिम मार्फत बुट्नेनली निर्माण कार्यलाई व्याव्सायीकरण गर्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा बिद्यामन्दिर माःबिका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्य, प्रधानाध्यापक छविरमण रेग्मी, कालिगण्डकी बोडिङ स्कुलका भ्याईस प्रिन्सीपल सुरेन्द्र शाक्य, तालिमका प्रशिक्षक बसन्त राजभण्डारी, बानपा ३ का वडा सदस्य पबित्रा सुनार र तालिमका सहभागी रेखा थापा लगायतले मन्तव्य व्यक्त गर्नुभयो ।

कार्यक्रम बागलुङ हस्तकला सघंका अध्यक्ष ज्योती श्रेष्ठको अध्यक्षता, कोषाध्यक्ष सबिना राजभण्डारीको स्वागत मन्तव्य र सचिव सम्झना राजभण्डारीको संचालनमा कार्यक्रको उद्घाटन सत्रको समापन भएको थियो । तालिम २० दिन सम्म संचालन हुने छ ।