तिरुपती बालाजी धाम कुडुले फेदीमा दाताको सहयोगमा प्रवेसद्धार बन्ने

/ प्रकाशित मिति :
आइतबार, मंसिर १០ २០८០

 

बागलुङ, ९ मंसिर – श्री रंङ्ग बैकटेस्वर मन्दिर तिरुपती बालाजी धाम कुडुले फेदीमा दाताको सहयोगमा प्रवेसद्धार बन्ने भएको छ । बागलुङ नगरपालिका – ४ घर भई हाल चितवनको भरतपुर बस्दै आउनुभएका बलराम आचार्यको आर्थिक सहयोगमा मन्दिरले गेट बनाउन लागिएको हो ।
गेटको शुक्रबार एक समारोहका बिच सिलन्यास आर्थिक सहयोग दाता आचार्यले सिलन्यास गर्नुभएको थियो । प्रवेशद्वार निर्माणका लागि लाग्ने सम्पुर्ण खर्च आफुले ब्यहोर्ने सहयोगदाता आचार्यले बताउनुभयो । आफुले प्रवेसद्धार बनाउन चाहेपछि अमेरिकामा रहदै आएका छोरा बिक्रम आचार्यले आर्थिक सहयोग गरेको उहाँको भनाई छ ।

गेट बनेपछि मन्दिरको आकर्षण थप बढ्ने र शालग्राम संग्राहलय तथा मन्दिरमा आउने भक्तजन र पर्यटकका लागि सहज हुने मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष तथा संग्राहालयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो । मन्दिर परिसरमा शालग्राम संग्राहालय बनेपछि पछिल्लो समय धार्मिक पर्यटकको संख्या बढ्दै गएको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।

यसैबिच शुक्रबार रंङ्ग बैकटेस्वर मन्दिर तिरुपती बालाजी धाममा अन्नकुट उत्सव तथा सामुहिक महाभोग छ । कार्तिक शुक्ल द्धादशी तिथिका अवसरमा सास्त्रसम्मत रुपमा नयाँ अन्नको भगवानलाई भोग लगाउने प्रचलन स्वरुप बिभिन्न ८४ ब्यञ्जनको भोग लगाएको ऋषि प्रपन्नाचार्यले बताउनुभयो ।
कार्तिक शुक्ल द्धादसी तिथिमा नयाँ अन्नका परिकार बनाई भगवानलाई स्मरण गरेमा अन्न दोष नलाग्ने उहाँले बताउनुभयो ।