बाग्लुङको गलकोट –४ नुवाकोटमा गोठमा आगलागी हुँदा एक जनाको मृत्यु

/ प्रकाशित मिति :
शनिबार, असोज २७ २០८០

बागलुङ, २७ असोज – बाग्लुङको गलकोट नगरपालिका–४ नुवाकोटमा गोठमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ ।
गएराति गोठमा आगलागी भएको र एक जनाको शव भेटिएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ । शवको पहिचान हुन सकेको छैन ।
स्थानीय रामबहादुर मल्लको गोठमा आगलागी भएको हो । गोठपूर्ण रुपमा जलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक मदन केसीले जानकारी दिनुभयो ।