लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

/ प्रकाशित मिति :
शुक्रबार, असोज १९ २០८០

बागलुङ, १९ असोज – विश्व लगानीकर्ता सप्ताह – २०२३ को अवसरमा नेपाल धितोपत्र वोर्डको आवहन तथा नेपाल मचेंन्ट बैंकर संघको समन्वयमा ग्लोबल आइएमई क्यापीटल लि. द्धारा धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा असोज १९ गते शुक्रबार “लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम“ को आयोजना गरिएको छ।

पूँजी बजारमा नयाँ लगानीकर्ता लाई अवसर प्रदान गर्न तथा पुराना अनुभवी लगानीकर्ता लाई थप प्रोत्साहन गर्न को लागि बागलुङमा गरीएको उक्त कार्यक्रमले पूँजीबजार को चेतनालाई थप अभिबृद्धि गराएको सरोकार वाला हरूले बताएका छन्।

कार्यक्रमको सहजीकरण ग्लोबल आइएमई क्यापिटल लिमिटेड का नायव प्रबन्धक छविलाल शर्मा पौडेल र अनुसन्धान विभागका अनिल हुमागाईंले गर्नु भएको थियो भने छलफलमा उठेका प्रश्नहरुमा सवाल जवाफ नेपाल धितोपत्र बोर्ड का उप कार्यकारी निर्देशक दिपेश ताम्राकारले गर्नु भएको थियो।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका उप–कार्यकारी निर्देशक दिपेश ताम्राकार, ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अध्यक्ष प्रेमराज जोशी, धवलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा. डा. राम प्रसाद उपाध्याय, ब्यवस्थापन संकायका विभागिय प्रमुख ध्रुवराज गौतम, ग्लोबल आइएमई बैंक लिमिटेड बागलुङका शाखा प्रबन्धक हेमराज शर्मा, क्याम्पसका प्राध्यापक र क्याम्पसमा अध्ययनरत विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अध्यक्ष प्रेमराज जोशीको अध्यक्षता र ं ग्लोबल आइएमई क्यापिटल लिमिटेडका नायव प्रबन्धक छविलाल शर्मा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।