मानवसेवा आश्रमद्धारा शनिबार एक मनोरोगीको उद्धार

/ प्रकाशित मिति :
शनिबार, असोज ६ २០८០

बागलुङ, ६ असोज – मानवसेवा आश्रम बागलुङले शनिबार १ जना मनोरोगीको उद्धार गरेको छ ।

केही समय देखी बागलुङ बजारमा बेवारिसे अवस्थामा घुमफिर गर्दै आउनुभएका जिल्लाको रायडाँडाका ४८ बर्षिया बालकृष्ण शर्माको उद्धार गरेको हो ।

शर्माको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, मानवसेवा आश्रमका केन्द्रिय कोषाध्यक्ष होमनाथ तिमिल्सेना, जिल्ला संयोजक बिपना तामाङ, कोषाध्यक्ष लक्ष्मी बास्कोटा र सुरक्षाकर्मीको टोलीले बागलुङ बजार स्थित क्याम्पसचोक बाट उद्धार गरी मानव सेवा आश्रम पोखरा पठाएको हो ।

शर्मालाई मनोरोगको उपचार गर्नुपर्ने भएकोले पोखरा आश्रममा पठाईएको आश्रमका संयोजक तामाङले बताउनुभयो । पोखरामा महिला र पुरुषको लागि छुट्टाछुट्टै खाना र आवासको व्यवस्था भएकोले थप सहज हुने मानवसेवा आश्रम बागलुङले जनाएको छ ।