सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्धारा घातक रोग वापतको बीमा दाबी भुक्तानी

/ प्रकाशित मिति :
बिहिबार, भाद्र २८ २០८០

बागलुङ, २८ भदौ – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग वापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको बागलुङ शाखाले घातक रोगबापत १४ लाख ४३ हजार २ सय ५ रुपैयाँ बीमितलाई हस्तान्तरण गरेको हो ।

कम्पनीले कुश्मा नगरपालिका–२ निवासी मना शर्मालाई उक्त रकम बरावरको चेक हस्तान्तरण गरेको थियो । शर्माले २०७७ भाद्र महिनामा सिटिजन लाइफको बागलुङ शाखाबाट बीमा शुल्क १ लाख ४ हजार १ सय ३५ रुपैयाँ प्रथम वर्ष बुझाउने गरि १५ लाखको सिटिजन वार्षिक अग्रीम भुक्तानी योजना बीमा खरिद गर्नु भएको थियो ।

बीमा गरेको करिब ३ बर्षको अवधिमा नै प्राणघातक क्यान्सर रोग भएकोले बीमित शर्मालाई कम्पनीले उक्त दाबी भुक्तानी गरेको कल्पना पौडेल चापागाईले जानकारी दिनुभयो । बीमित शर्माले बिना बिल भरपाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबाट प्राप्त रकमले उपचारमा धेरै सहयोग र हौसला प्राप्त भएको बताउनुभयो ।

उक्त कार्यक्रममा बागलुङ एरियाको क्षेत्रीय शाखा प्रवन्धक दीपेन्द्र शर्मा लम्सालले सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको अतिरिक्त सुविधामार्फत एउटा मात्र रोगको लागि नभई २० घातक रोगहरुको लागि बिना बिलनै ५० लाख सम्मको उपचार खर्च दिने र नेपालमै पहिलो पटक सेवा दिनेगरी धेरै क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।