राष्ट्रिय लोकभजन चुट्का संरक्षण प्रतिष्ठान बागलुङले बेसाहारा लाई खुवायो दर

/ प्रकाशित मिति :
बिहिबार, भाद्र २८ २០८០

 

बागलुङ,  २८ भदौ – राष्ट्रिय लोकभजन चुट्का संरक्षण प्रतिष्ठान बागलुङले हरितालिका तिजको अवसर पारेर मानवसेवा आश्रममा दर खुवाएको छ । मानवसेवा आश्रममा आश्रित मानवहरु लाई तिजको शुभकामना सहित एकदिनको भोजनको व्यवस्था गरेको हो ।

आफन्त विहिन बेसाहारा सडक मानवहरुलाइ मनोरञ्जन प्रदान गर्ने उदेश्यले भजन सहित सांस्कृतिक कार्यक्रम गरको राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान, नेपाल जिल्ला कार्य समिति बागलुङका अध्यक्ष टेक बहादुर केसी संगमले जानकारी दिनुभयो ।

‘मानवीयताको कुनै सीमा हुदैन’ भन्ने नाराका साथ सर्वोत्कृष्ट जीवन,शाश्वत चिन्तन र भातृत्वको आधारमा आश्रमले काम गरिरहेको छ ।