रण स्मृति पुरस्कार संस्था द्धारा साहित्यकार लाई सम्मान र विद्यार्थी लाई पुरस्कार वितरण

/ प्रकाशित मिति :
बुधबार, भाद्र २០ २០८០

 

बागलुङ, २० भदौ – बागलुङ बाट संचालन हुँदै आएको रणस्मृति तथा शक्ति पुरस्कार बाट एक जना साहित्यकार लाई सम्मान र दुई सामुदायिक बिद्यालयका बिद्यार्थी लाई पुरस्कृत गरिएको छ ।

संस्थाले ३१ औ बार्षिकोत्सवका अवसरमा बागलुङका समाजसेवी शक्तिबहादुर खड्काको नाममा स्थापना गरिएको शक्ति पुरस्कार गितल प्रतिष्ठान नेपाल तथा नाट्य मंञ्चका अध्यक्ष आकाश अधिकारी लाई प्रदान गरेको छ ।

अधिकारी लाई बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ र पुरस्कार संरक्षण समितिका सदस्य तथा बागलुङ नगरपालिकाका उप–प्रमुख राजु खड्काले संयुक्त रुपमा नगद १० हजार सहित सम्मान पत्र र दोशल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

बागलुङ बजारका समाजसेवी एवं शिक्षासेवी शक्ति बहादुर खड्काले आफ्ना स्वर्गीय पिता रण बहादुर खड्काको स्मृतिमा २०५० सालमा रण स्मृति कोषबाट बालमन्दिर आधारभुति बिद्यालयका बिद्यार्थी रणबहादुर थापा र सितल बिक र रुद्रेपिपल माःबिका बिद्यार्थी सुवास शर्मा र सिर्मन जिसी लाई पुरस्कृत गरिएको हो ।

सो अवसरमा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले परिवार भित्र असल संस्कार र संस्कृतिको विकास हुनु सहनिय कार्य भएको बताउनुभयो । कला साहित्य र शिक्षा क्षेत्रको बिकासका लागि यस्ताखाले पुरस्कार र सम्मानले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो ।

कार्यक्रममा सम्मानित व्याक्तित्व आकाश अधिकारी र पुरस्कृत सिर्मन जिसीले मन्तव्य व्यक्त गर्नुभएको थियो । पुरस्कृत अधिकारी बारे भिम रानाभाटले जानकारी गराउनुभएको थियो ।

कार्यक्रम रणस्मृति पुरस्कार संस्थाका सदस्य तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काको अध्यक्षता, सदस्य कृपा पौडेलको स्वागत मन्तव्य र भोजबहादुर खड्काको संचालनमा सम्पन्न भएको थियो ।