बेनी बजारमा मासु पसलको अनुगमन

/ प्रकाशित मिति :
सोमबार, भाद्र १८ २០८០

दिलिप प्रतेल
बागलुङ, १८ भदौ – चार्डपर्व नजिकै संगै म्याग्दीको बेनी नगरपालिकाले पहिलो पटक बजारमा अनुगमन सुरु गरेको छ । अनुगमन टोलिले सोमबार ११ वटा मासु पसल अनुगमन गरेको हो ।

अनुगमनको क्रममा केहि पसलहरु दर्ता नगरी सञ्चालन गरेको, मापदण्ड अनुसारको सरसफाई नभएको तथा उपभोक्ताले देख्ने गरी मुल्य नराखेको पाईएको बेनी नगरपालिकाका प्रशासकिय युवराज थापाले बताउनुभयो ।

उक्त मासु पसललाई १५ दिनभित्रपसलहरु मापदण्ड अनुसारको सरसफाइमुल्य सुचिराख्न दर्ताको प्रमाणपत्र पेश गर्न निर्देशन दिइएको छ
स्थानीय सरकारको नितिभित्रबजार अनुगमन परेकोले नगरपालिकाले कार्य विधि बनाइअनुगमन सुरु गरेको छ।

बजार अनुगमन टोलिले मासु पसलको मुल्य सुचि अद्यावधिक नगरेको,सरसफाइ नगरिएको भेटिएकोले तत्काल सच्चिन निर्देशन दिइएको प्रमुख थापाले बताउनुभयो ।