पाँच दिवसिय कार्यक्रमका साथ राष्ट्रिय पुस्तकालय दिवसको समापन

/ प्रकाशित मिति :
शनिबार, भाद्र १६ २០८០

 

बागलुङ, १५ भदौ – बिद्यामन्दिर पुस्तकालय बागलुङले पाँच दिवसिय कार्यक्रमका साथ मनाउन शुरु गरेको राष्ट्रिय पुस्तकालय दिवसको शुक्रबार समापन भएको छ ।

कार्यक्रमको मुल समारोहमा बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले पुस्तक बिना ज्ञान सम्भव नहुने बताउनुभयो । पुस्तकालय ज्ञानको भण्डार भएको भन्दै उहाँले पुस्तकालयको संरक्षण र विकासका लागि सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले ज्ञान, शिप र क्षेमताको विकासका लागि पुस्तक अध्यन गर्ने बानीको विकाश गर्नुपर्ने बताउनुभयो । उहाँले शैक्षिक सुधारका लागि सामुदायिक बिद्यालयको गुणस्तर बढाउनुपर्नेमा जोड दिनुभयो ।

विद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्वर ३ का अध्यक्ष सनि केसी लक्ष्मण, पुस्तकालयका सल्लाहकार संरक्षक प्राज्ञ प्रेम छोटा,समाजसेवी देब बहादुर श्रेष्ठ, पुस्तकालयका निवर्तमान अध्यक्ष तथा गंगाप्रसाद स्मृति कोषका संस्थापक रामप्रसाद शर्मा, नेपाल पत्रकार महासघं बागलुङ शाखाका सहसचिव तारानाथ आचार्य र सामुदायिक प्रहरी सेवा केन्द्र रामरेखाका अध्यक्ष दुर्गाबहादुर आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा अवसरमा बतृत्वकला प्रतियोगितामा बिजयी बिद्यार्थीलाई प्रमाणपत्र र नगद सहित पुरस्कार वितरण गरिएको थियो । प्रतियोगिता बाट जनता धन माःवि बलेवाका प्रविण आचार्य प्रथम, रुद्रेपिपल माबि बागलुङकी सामना सापकोटा र चिल्ड्रेन लाईफ बोडिङ स्कुल रामरेखाकी प्रमिसा केसी द्धितिय, युएस एकेडेमीका दिपन पाण्ड्य तृतिय र न्यु ओएसिस बोडिङ स्कुलका स्वस्तीका श्रीस सान्वना भएका थिए ।

५ दिवसिय कार्यक्रम सहित पुस्तकालय दिवस मनाउन शूरु गरेको विद्यामन्दिर पुस्तकालयले पहिलो दिन पुस्तकालय परिसर सरसफाई, दोश्रो दिन वतृत्वकला प्रतियोगिता, पुस्तकालय अन्र्तगतको बालविकास केन्द्रका बालबालिकाको निशुल्क आँखा परिक्षण, तेश्रो दिन पठन संस्कृतिको विकास र आयामबारे विमर्श चौथो दिन सुधारकेन्द्रमा पुस्तक उपहार लगायतका कार्यक्रम सम्पन्न गरेको पुस्तकालयका अध्यक्ष राम थापाले बताउनुभयो ।

कार्यक्रम पुस्तकालयका उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत मन्तव्य र कोषाध्यक्ष कोपीला कँडेलको संचालनमा सम्पन्न भएको थियो ।