१६ औ पुस्तकालय दिवसका अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

/ प्रकाशित मिति :
बुधबार, भाद्र १३ २០८០

 

बागलुङ, १२ भदौ – बिद्यामन्दिर पुस्तकालय बागलुङले पुस्तौ पुस्ताका लागि पुस्तकालय, तथा ज्ञानका लागि पुस्तकालय बिषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । सोमबार देखी पाँच दिवसिया कार्यक्रमका साथ पुस्तकालय दिवस मनाउन शुरु गरेको पुस्तकालयले मंगलबार बागलुङ नगरपालिका माध्यमिक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो ।

बागलुङ नगरपालिका अन्र्तगतका ११ विद्यालय सहभागी प्रतियोगिता बाट जनता धन मावि बलेवाका चात्र प्रविण आचार्य प्रथम हुनुभएको छ । यसैगरी रुद्रेपिपल माबि बागलुङकी सामना सापकोटा र चिल्ड्रेन लाईफ बोडिङ स्कुल रामरेखाकी प्रमिसा केसी द्धितिय, युएस एकेडेमीका दिपन पाण्ड्य तृतिय र न्यु ओएसिस बोडिङ स्कुलका स्वस्तीका श्रीस सान्वना भएको पुस्तकालयले जनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै त्रि.वि सभा सदस्य तथा धवलागिरि बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. दिन बहादुर थापाले पुस्तकालय ज्ञानको भण्डार भएकाले नयाँ पुस्ताले पुस्तक पढ्ने बानिको बिकास गर्नुपर्ने बताउनुभयो । बिद्यार्थीमा लुकेर रहेका प्रतिभा बाहिर ल्याउनका लागि यस्ताखाले कार्यक्रम महत्वपुर्ण हुने बताउनुभयो ।

सो अवसरमा पुस्तकालयका पुर्व अध्यक्ष ईश्वर मलेपति श्रेष्ठ र विकाश साक्य, निवर्तमान अध्यक्ष रामप्रसाद शर्मा, धवलागिरि बहुमुखी क्याम्पसका उपप्रध्यापक गणेशप्रसाद शर्मा र नेपाल पत्रकार महासघं बागलुङ शाखाका सचिव विजय राना लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम विद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापाको अध्यक्षता, उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत मन्तव्य र कोषाध्यक्ष कोपीला कँडेलको संचालनमा सम्पन्न भएको थियो ।