विश्व हिन्दु महासघँको पुर्वीय दर्शन विषयक प्रशिक्षण सम्पन्न

/ प्रकाशित मिति :
सोमबार, भाद्र ४ २០८០

बागलुङ, ४ भदौ – विश्व हिन्दु महासघं जिल्ला कार्यसमिति बागलुङको आयोजनामा पुर्वीय दर्शन र हाम्रो कर्तव्य विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले धार्मिक गतिविधि मार्फत पर्यटकिय क्षेत्रको प्रर्वद्धन र विकास गर्नुपर्ने बताउनुभयो । धर्मको नाममा हुने बिभेदजन्य क्रियाकलापको अन्त्य हुनुपर्ने चर्चा गर्दै उहाँले धर्मले सबै नेपालीलाई जोड्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा प्रशिक्षण दिदै धार्मिक अभियान्ता तथा नारायण माबि पर्वतका पुर्व प्राचार्य पृथ्वीनारायण पौडेलले पुर्वीय दर्शन विश्वमै उत्कृष्ट रहेको बताउनुभयो । उहाँले अध्यात्म ज्ञान बिना मानिस खुसी र सुखी हुन नसक्ने हुँदा संस्कृत भाषाको अध्यन र संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जैमुनी नगरपालिकाका पुर्व नगरप्रुमख ईन्द्रराज पौडेल, नेपाल रेडक्रस सोसाईटीका सभापति तथा विश्वहिन्दु महासघंका सल्लाहकार जगन्नाथ आचार्य, पुर्व अध्यक्ष हरिप्रसाद गौतम, सदस्य नरबहादुर किसान र महिला प्रतिनिधी लिला खड्का लगायतले बोल्नुभएको थियो ।

कार्यक्रम विश्व हिन्दु महासघं बागलुङका अध्यक्ष जव्वरबहादुर लामिछानेको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष रमेशकुमार राजभण्डारीको स्वागत मन्तव्य र सचिव हरिप्रसाद उपाध्यायको संचालनमा सम्पन्न भएको थियो ।

यसैबिच विश्व हिन्दु महासघंको बागलुङ नगरस्तरिय समिति गठन गरिएको छ । लिलादेबी खड्काको अध्यक्षतामा ५१ सदस्यीय विश्वहिन्दु महासघं नगर समिति गठन गरिएको सल्लाहकार जगन्नाथ आचार्यले जानकारी दिनुभयो ।