त्रिपुरेस्वर महादेब मन्दिर बिहुं रामकोटमा पुर्णदान सहित सोमबारे वर्तको समापन

/ प्रकाशित मिति :
सोमबार, साउन २९ २០८០

कोपीला कँडेल
बागलुङ, २९ साउन – साउन महिनाको अन्तिम सोमबार काँठेखोला गाँउपालिका – ५ त्रिपुरेस्वर महादेब मन्दिर पर्मानन्द सन्यास आश्रम बिहुं रामकोटमा भक्तजनको निकै भिड लाग्यो । भगवान शिवजीको महिना भनेर चिनिने साउन महिनाको अन्तिम सोमबार धार्मिक तथा पर्यटकिय स्थल बिहुँ रामकोटमा बिशेष पुजा आराधना सहित वर्तको समापन गरिएको छ ।

यसबर्षको साउन महिनामा ५ वटा सोमबार परेकाले बिशेष पुजाआराधना गरिएको मन्दिर ब्यवस्थापन समितीका उपाध्यक्ष गौरीशंकर शर्मासुबेदीले  बताउनुभयो । साउने सोमबारको वर्त सकिए पनि यहाँ दैनिक भगवान शिवजीको पुजाआराधना हुने उहाँको भनाई छ । अन्तिम सोमबार भने पण्डित लाई पुर्णदान गरेर वर्तको समापन भएको सुबेदीले बताउनुभयो ।

यसबर्षको साउन महिनामा मलमास परेपनि रामकोटमा कुनै प्रभाव नपरेको र पाँचवटै सोमबार भक्तजनको बाक्लो उपस्थिती रहेको मन्दिर ब्यवस्थापन समितिका सहसचिव तथा वडा नम्वर – ५ का अध्यक्ष ज्ञामनाँथ कँडेलले जानकारी दिनुभयो ।

सोमबारे वर्त समापन भएपनि मन्दिरमा अहिले पञ्च दिवसीय पुरुषोत्तम कथा संचालन भईरहेको छ । पुरुषोत्तम मासको कथावाचन ब्रह्मचारी हंस चैतन्यले गरिहनुभएको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ । पुरुषोत्तम महात्म्य यहि साउन ३१ गते समापन हुनेछ ।