महासघंका अध्यक्ष ढकालद्धारा औषधालयको उद्घाटन र बैदिक गुरुको अभिनन्दन्

/ प्रकाशित मिति :
सोमबार, साउन २२ २០८០

बागलुङ, २१ साउन – बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको शालग्राम संग्राहलयमा श्रीधराचार्य औषधालय सञ्चालनमा आएको छ । स्वामी श्रीधराचार्यको ८४ औं जन्मजयन्तीको अवसर पारेर औषधालयको उद्घाटन गरिएको हो ।

औषधालयको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङ नगरपालिका–४ कुँडुलेमा बनेको शालग्राम संग्रहालय पर्यटनका हिसाबले महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, राष्ट्रिय समाचार समितिका प्रधानसम्पादक एकराज पाठक, , स्वामी नारायणाचार्य, वैदिक गुरु पुरुषोत्तम ढकाल, प्राध्यापक डा जगन्नाथ रेग्मी, डा भोलानारायण रेग्मी, उप–प्रध्यापक विष्णु मैत्रय नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मन्दिरमा आएको भेटी, शालग्राम संग्रहालय दर्शन गर्न आएका दर्शनार्थीले र विदेशमा रहेको युवाहरुको सहयोगमा औषधालय स्थापना गरिएको स्वामी ऋषिप्रपन्नाचार्यले बताउनुभयो । कार्यक्रमको अवसरमा संंस्कृत भाषा अध्यापनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै वैदिक गुरु पुरुषोत्तम ढकाललाई अभिनन्दन तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा प्राध्यापक डा जगन्नाथ रेग्मीले गुरु तथा मुक्तिनाथ महिमाको बारेमा कविता वाचन गर्नुभएको थियो । कार्यक्रम मुक्तिनाथ पिठाधिश्वर कमलनयनाचार्यको अध्यक्षता, तिरुपति बालाजीधामका उपाध्यक्ष हरीप्रसाद उपाध्यायको धन्यवाद मन्तव्य, स्वामी रंगराजाचार्यको स्वागत र सुदर्शन बडाल कास्यपको संचालनमा सम्पन्न भएको थियो ।