कोरोना महामारीमा स्थापना गरिएको श्रीधराचार्य औषधालयको उद्घाटन हुँदै

/ प्रकाशित मिति :
बिहिबार, साउन १८ २០८០

बागलुङ, १८ साउन – बागलुङ नगरपालिका – ४ कुडुले फेदी स्थित श्रीधराचार्य औषधालयको आगामी शनिबार उद्घाटन हुने भएको छ ।
कोरोना महामारीमा तिरुपती बालाजी धाममा दिवंगत स्वामी श्रीधराचार्यको नाममा स्थापना गरिएको औषधालयको शनिबार उद्योग बाणिज्य महासघंका केन्द्रिय अध्यक्ष चन्द्र ढकालले उद्घाटन गर्नुहुने छ ।

मन्दिरको आन्तरिक स्रोत तथा स्थानीयको सहयोगमा सर्वसाधारणको उपचारका लागि स्थापना गरिएको औषधालयको विधिवत रुपमा उद्घाटन गरी थप व्यवस्थित रुपमा संचालन गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

कोरोना महामारीको प्रतिकुल अवस्थामा सर्वसाधारणको उपचारमा समस्या भएपछि औषधालय स्थापना गरी प्राथमिक उपचार सेवा दिन शुरु गरिएको शालग्राम संग्राहालयका परिकल्पनाकार तथा तिरुपती बालाजीधामका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिनुभयो ।

कुडुले घर भई बैदेशिक रोजगारका लागि बिदेशमा रहेका युवा, तिरुपति बालाजीधामका बिद्यार्थी तथा धामको लागनीमा औषधालय स्थापना गरिएको स्वामी प्रपन्नाचार्यले बताउनुभयो ।सो औषधालयमा अहिले दिनप्रतिदिन बिरामीको संख्या बढ्दै जान थालेको औषधालयका स्वास्थ्यकर्मी बरिष्ठ हेल्थ असिस्टेन्ट झपेन्द्र केसीले जानकारी दिनुभयो ।