तिरुपती बालााजिधाम कुडुले फेदीमा पुरुषोत्तममास विशेष कार्यक्रम शुरु

/ प्रकाशित मिति :
सोमबार, साउन १५ २០८០

बागलुङ,१५ साउन   – श्री रंङ्गवैकटेश्वर मुक्तिनारायण मन्दिर तिरुपती बालाजीधाम मुक्तिनाथ बेद्बिद्याश्रम कुडुले फेदीमा सोमबार देखी पुरुषोत्तममास पर्व बिशेष ५ दिने कार्यक्रम शुरु गरिएको छ । १५ गते देखी शुरु गरिएको पुरुषोत्तममास बिशेष कार्यक्रम २० गते समापन गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

स्वामी श्रीधराचार्यको ८४ औ जन्मजयन्तीका अवसर पारेर ५ दिने पुरुषोत्तममास बिशेष पुजाअर्चना शुरु गरिएको शालग्राम संग्राहालयका परिकल्पनाकार तथा मन्दिरका उत्तराधिकारी स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो ।

कार्यक्रमको अन्तिम दिन साउन २० गते शंग्राहालय परिषरमा निर्मित औषधालयको उद्घाटन , प्रशिद्ध बेद गुरु पुरुषोत्तमाचार्यको अभिनन्दन र कवि डा. जगन्नाथ रेग्मीको एकल कविता वाचन लगायतका कार्यक्रम रहेको स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटनका लागि नेपाल उद्योग बाणिज्य महासघंका केन्द्रिय अध्यक्ष चन्द्र ढकाल आउनुहुने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।