बागलुङमा घरबहाल सरोकार महासघं जिल्ला समिति गठन

/ प्रकाशित मिति :
शुक्रबार, साउन १२ २០८០

बागलुङ, १२ साउन – बागलुङमा घरबहाल सरोकार महासघं नेपाल जिल्ला समिति बागलुङ गठन भएको छ ।

शुक्रबार आयोजित सरोकारवालाको एक भेलाले रामचन्द्र शर्माको अध्यक्षतामा ११ सदस्यीय घरबहाल सरोकार महासघं गठन गरेको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा ललिता थापा,उपाध्यक्ष शिवशंकर श्रेष्ठ, सचिव गोकुल प्रसाद कँडेल र कोषाध्यक्षमा डिल्ली गौतम रहनुभएको छ ।

समितिका सदस्यहरुमा रामबहादुर बिक,प्रेम कुमारी श्रिस, दिपा पाईजा घर्ति, कविता बस्नेत र रामप्रसाद सुबेदी रहनुभएको नवगठित समितिका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो ।