तरकारीको क्षेत्रफल विस्तार गर्ने ३४ कृषकलाई प्रोत्साहन रकम वितरण

/ प्रकाशित मिति :
शनिबार, असार ३០ २០८០

बागलुङ ३० असार – कृषि ज्ञान केन्द्र बागलुङले तरकारी तथा फलफुल उत्पादन गर्ने ३४ जना कृषकलाई प्रोहोत्सान रकम वितरण गरेको छ ।

ज्ञान केन्द्रले जिल्लामा लामो समयदेखि व्यवसायिक कृषि गर्दै आउनु भएका कृषकलाई क्षेत्रफल विस्तारको आधारमा साढे नौँ हजारदेखि २७ हजार रुपैयाँ सहित सम्मानपत्रले सम्मान गरेको हो । जिल्लाका ३४ जना कृषक समावेस गरिएकोमा पहिलो चरणमा शुक्रबार २१ जनालाई रकम बितरण गरिएको छ ।

अन्य १३ जनालाई सम्वन्धित पालिकामानै पुगरे रकम बितरण गर्ने गरि बागलुङ नगरपालिकाका १८, जैमिनी नगरपालिकाका २ र गल्कोट नगरपालिकाका १ जनालाई प्रोहोत्सान रकम वितरण गरिएको ज्ञान केन्द्रले जनाएको छ ।

खुल्ला जग्गा तथा टनेल भित्र तरकारी तथा फलफूल उत्पादन गर्ने कृषकलाई क्षेत्रफलका हिसाबमा मूल्याङ्कन गरेर रकम उपलब्ध गराएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो । कृषकलाई व्यवसाय तर्फ थप आकर्षित गर्न र लामो समयदेखि निरन्तर कृषि कर्म गर्दै आएका किसानलाई प्रोहोत्सानका लागि रकमसहित सम्मान गरिएको भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मर बहादुर थापाले राज्यले कृषक पहिचान गरि अनुदान दिने कार्यको थालनी गर्नु सकरात्मक भएको बताउनुभयो । अनुदानले किसानलाई सहजसमेत बनाउन थालेको उहाँको भनाई थियो । राज्यको अनुदान लिनका लागि कृषकहरु  प्रविधी मैत्री हुनुपर्ने उहाँको भनाई थियो ।

सो अवसरमा बोल्दै अगुवा कृषक टिकाराम सापकोटा, डिल्लीराज गौतम, गोबिन्द सुबेदी, नवराज पौड्याल र लक्ष्मी शर्मा आचार्यले किसानको लागि कृषि प्राविधिक र बजार व्यवस्थापनको व्यवस्थापन गरिदिन माग गर्नुभएको थियो ।

कार्यक्रम ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईको अध्यक्षता र वागबानी अधिकृत कुमार पुनको संचालनमा सम्पन्न भएको थियो ।