बागलुङ नगरको बजेट १ अर्ब ३३ करोड

/ प्रकाशित मिति :
सोमबार, असार ११ २០८០

बागलुङ, ११ असार – बागलुङ नगरपालिकाले आगामि आर्थिक बर्षका लागि एक अर्ब ३३ करोड २१ लाख २९ हजार ३ सय रुपैयाँको बजेट ल्याएको छ ।

आइतबार तेह्रौं नगरसभाको दोस्रो बैठकमा उपप्रमुख राजु खड्काले आगामि आर्थिक बर्षको बिनियोजन प्रस्तुत गरेका हुन् । नेपाल सरकारवाट प्राप्त हुने अनुदान प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र आन्तरीक राजश्व समेत समावेश गरेर बजेट ल्याएको हो ।

आन्तरिक राजश्व आयतर्पm नौ करोड चैविस लाख बाईस हजार र अन्य विविध आय चौध करोड १७ लाख ३८ हजार दुुईसय पचास रुपैयाँ समेत गरी उक्त बजेट ल्याएको हो ।

बजेटले आगामी आर्थिक बर्षका लागि तालिम, भ्रमण तथा बैठक भक्ता कटौती गरेको छ । अतिआवश्यक बैठक, तालिम तथा कार्यक्रम बाहेकका अन्यगतिबिधिहरुका लागि भर्जुुअल मिटिङको व्यवस्था मिलाउने बजेटमा उल्लेख छ ।