अन्तर्राष्ट्रिय योग दिवस बागलुङमा पनि मनाईयो

/ प्रकाशित मिति :
बुधबार, असार ६ २០८០

बागलुङ, ६ असार –अन्तर्राष्ट्रिय योग दिवस बागलुङमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाईएको छ । हरेक वर्ष जुन २१ तारिखमा विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइन्छ ।

योग दिवसको अवसरमा धौलागिरी आयुर्वेद औषधालयमा आयोजित कार्यक्रममा बक्ताहरुले पाश्चात्य संकृतिले पूर्विय दर्शनको योगलाई प्रभावित गरेको बताए । योगको महत्वको बिषयमा राज्यले ध्यान दिनुपर्नेमा बक्ताहरुको जोड थियो ।

कार्यक्रममा धौलागिरी आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष राजिव घिमिरेले योगका बिषयमा सर्वसाधारणसम्म सचेतना पुग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा धौलागिरी आयुर्वेद औषधालयका योग प्रशिक्षक एकराज ढुंगानाले सहजिकरण गर्नुभएको थियो ।

बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको अध्यक्षता, अस्पताल व्यवस्थापन समितिका सदस्य ललिता थापाको स्वागत र औषधालयका निमित्त प्रमुख कमल बिक्रम पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।