जननिगरानी साप्ताहिक पत्रिका आईतवार देखी सातौ बर्षमा प्रवेश

/ प्रकाशित मिति :
आइतबार, असार ३ २០८០

बागलुङ, ३ असार – गुहेली संचार सहकारी संस्थाद्धारा प्रकाशित जननिगरानी साप्ताहिक पत्रिका आईतवार देखी सातौ बर्षमा प्रवेश गरेको छ ।बार्षिकोत्सवको उद्घाटन गर्दै काँठेखोला गाँउपालिकाका उपाध्यक्ष तेज बहादुर थापा तिलकले राज्यबाट हुने गलत क्रियाकलाप लाई संचारमाध्यमले खवरदारी गर्नुपर्ने बताउनुभयो । राज्य लगायत समाजमा हुने हरेक प्रकारका गतिविधी लाई संचार क्षेत्रले निगरानी गर्नुपर्ने चर्चा गर्दै थापाले र्” पत्रकारहरुले सम्मृद्धिका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।

बढ्दो बिदेश पलायन रोकी युवा जनशक्ति लाई व्यवस्थितत नगरेसम्म सम्मृद्धिको सपना पुरा हुदैन ” ‘उहाँले भन्नुभयो, संचारमाध्यमका तर्फबाट समाजमा व्याप्त गलत क्रियाकलाप बिरुद्ध पत्रकारले कलम चलाउनुपर्दछ ।उहाँले काँठेखोला गाँउपालिकाका हरेक गतिविधि लाई बाहिर ल्याउन जननिगरानीले महत्पुर्ण भुमिका निर्वाह गरेको दाबी गर्नुभयो ।

सो अवसरमा बोल्ने सहभागीले सहकारी लगायत समग्र क्षेत्रमा भएका बेतिथी र बिसंगती लाई थितिमा ल्याउनका लागि पत्रकारले निगरानी बढाउनुपर्ने बताए । पछिल्लो समय सहकारी सघंसंस्था प्रति बिभिन्न टिकाटिप्पणी हुने गरेको चर्चा गर्दै सहभागीले सहकारीमा भएका सकरात्मक र नकरात्मक दुबै पक्षको संचारमाध्यमले उजागर गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा काँठेखोला गाँउपालिका वडा नम्वर २ का अध्यक्ष बिद्यापति शर्मा, वडा नम्वर ४ का अध्यक्ष लक्ष्मण पुन, सहकारी रज्रिष्टारको कार्यालयका सचिव चोला वाग्ले, राष्ट्रिय सहकारी बैकंका संचालक रामबहादुर जिसी, नेपाल पत्रकार महासघं बागलुङ शाखाका पुर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी र सहसचिव सृजना पन्त लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

२०६४ सालमा काठेखोलाको भिमापोखरामा स्थापना भएको गुहेली संचार सहकारी संस्थाले जननिगरानी सहित खवरवय अनलाईन संचालन गर्दै आएको छ ।

गुहेली संचार सहकारी संस्थाका अध्यक्ष खिम बहादुर कार्कीको अध्यक्षता र सचिव सुर्य थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।