हावाहुरीले बिद्यालयको छानो उडायो, मकैबाली नष्ट हुदा लाखौको क्षेती

/ प्रकाशित मिति :
सोमबार, जेष्ठ २९ २០८០

 

बागलुङ, २९ जेष्ठ –हावाहुरी सहितको पानीले बडिगाड–१ दगातुम्डाँडा स्थित दुर्गा प्राथमिक बिद्यालयको छानो उडाएको छ ।

आईतबार अपरान्ह बर्षा संगै चलेको हावाहुरीले दुईकोठे भवनको छानो उडाएपछि पठनपाठनमा समस्या भएको वडा अध्यक्ष बोमबहादुर थापाले जानकारी दिनुभयो ।

हावाहुरीको कारण विद्यालय, बाटो तथा मकैवालीमा गरि लाखौंको क्षति भएको वडाध्यक्ष थापाले बताउनुभयो ।

हावाहुरी र पानीका कारण उपल्लो हमेली, भट्टेनी जाने सडक समेत अवरुद्ध भएको स्थानियले बताएका छन् । हावाहुरीले मकैवालीमा समेत क्षति पुगेको छ ।