प्रेस चौतारी नेपाल, बागलुङ शाखाको अध्यक्षमा सृजना पन्त

/ प्रकाशित मिति :
आइतबार, जेष्ठ २१ २០८០

बागलुङ, २१ जेष्ठ – प्रेस चौतारी नेपाल बागलुङ शाखाको अध्यक्षमा सृजना पन्त सर्वसम्मत चयन हुनुभएको छ ।
प्रेस चौतारी नेपाल, बागलुङ शाखाको १९ औ बार्षिक साधारणसभा तथा बिषेश अधिबेशनले पन्तको नेतृत्वमा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा खेमराज गौतम सुवास, उपाध्यक्ष महिलामा अम्बिका आचार्य, आयसा, सचिवमा अर्जुन कार्की, कोषाध्यक्षमा दिवाकर उपाध्याय, सहसचिवमा रोहन जिसी र हेमप्रसाद बिक चयन हुनु भएको छ ।

समितिका सदस्यहरुमा मनकुमारी केसी, संगीता रेग्मी, लक्ष्मी परियार, प्रवेश पौडेल, सुजन रेग्मी र लक्ष्मी शर्मा चयन हुनु भएको छ ।
अधिवेशनको उद्घाटन प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेस बस्नेतले गर्नुभएको थियो ।
उद्घाटन पछि बोल्दै प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष बस्नेतले पत्रकारिता क्षेत्रलाई विशुद्ध पत्रकारहरुको संस्था बनाउन पत्रकार महासंघमा सदस्यता सुद्धीकरणको प्रस्ताव आफुहरुले लगेको दाबी गर्नुभयो ।

‘विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुले पत्रकार महासंघको सदस्यता लिएका कारण हाम्रो क्षेत्र बद्नाम भयो उहाँले भन्नुभयो ,‘यसलाई रोक्नका लागि हामीले सुद्धीकरणको अभियान चलाउनुपर्छ भनेर सुर्खेतमा प्रस्ताव नै लगेका थियौं ।
अहिले त्यो अभियान अगाडि बढिरहेको छ । बागलुङमा पनि को आफ्नो को अरुको नभनि सदस्यता सुद्धीकरण अभियान चलाउनुहोस् । पत्रकारले समाजको रुपान्तरणका लागि भूमिका खेल्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा नेकपा एमाले पोलिट्व्युरो सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य लिलबहादुर थापा, पोलिट्व्युरो सदस्य मनकुमारी केसी जिसी, एमाले केन्द्रीय सदस्य एवं रिटर्नी फेडेरेसनका इन्चार्ज डा. सूर्य पाठक, नेकपा एमाले गण्डकी प्रदेश सदस्य एवं प्रेस चौतारी इन्चार्ज रामकृष्ण ज्ञवाली लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी प्रेस चौतारी नेपालका केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज सुस्मा पौडेल, प्रेस चौतारी नेपाल गण्डकी प्रदेश अध्यक्ष इन्द्र पौडेल, नेपाल पत्रकार महासंघ बागलुङका सचिव बिजय राना, नेपाल प्रेस युनियन बागलुङका उपाध्यक्ष संगम घर्तीगर, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य मुकेशचन्द्र राजभण्डारी, प्रगतिशील पत्रकार संघका केन्द्रीय सल्लाहकार किरण आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम प्रेस चौतारी नेपाल बागलुङका कार्यबाहक अध्यक्ष सिर्जना पन्तको अध्यक्षता र सचिव कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।