गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने सरकारको घोषणा

/ प्रकाशित मिति :
सोमबार, जेष्ठ १५ २០८០

बागलुङ, १५ जेष्ठ – सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले औषधि प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गर्नुभएको हो ।

गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज उठिरहेका बेला सरकारले बजेटमार्फत सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको हो ।