कुडुले माःबिको ६५ औ बार्षिकोत्सव सम्पन्न

/ प्रकाशित मिति :
आइतबार, जेष्ठ ७ २០८០

बागलुङ ७ जेष्ठ – बागलुङ नगरपालिका– ४ स्थित कुडुले माध्यमिक बिद्यालयको ६५ औ बार्षिकोत्सव बिभिन्न ५ दिवसिय कार्यक्रमका साथ सम्पन्न भएको छ ।

बार्षिकोत्सवको मुल समारोहमा बोल्दै नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले सामुदायिक बिद्यालयको बिकासका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । निजी क्षेत्रले उत्पादन गर्ने अधिकाशं जनशक्ति बिदेश पलायन हुने गरेको चर्चा गदै नगर शिक्षा अधिकारी पोखरेलले” ‘ बैज्ञानिक र व्याव्हारिक शिक्षाका लागि सामुदायिक बिद्यालयको स्तरोन्नती हुनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा बा.न.पा – ४ का वडाअध्यक्ष कुमार बिक्रम क्षेत्रीले वडा भित्रका बिद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि आफ्नो तर्फबाट सदैब साथ र सहयोग रहने बताउनुभयो ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक हरिप्रसाद कँडेलले बिद्यालयको आर्थिक तथा प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर शिक्षा अधिकृत गौरब राना, मालिका सेवा समाजका कोषाध्यक्ष प्रकाश केसी, मुक्तिनाथ बेदबिद्याश्रमका अध्यक्ष रामप्रसाद आचार्य, कार्यपालिका सदस्य ज्योती बिष्ट लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

५ दिनसम्म संचालित कार्यक्रममा बिभिन्न खेलकुद पुरस्कार वितरण तथा अन्य अतिरिक्त क्रियाकलाप गरिएको बिद्यालयका शिक्षक प्रकाश केसीले बताउनुभयो ।

कार्यक्रम बिद्यालयका नेपाली शिक्षक मुकुन्दप्रसाद उपाध्यायको संचालन र बिद्यालय व्यवस्थापन समिति सदस्य पुण्यप्रसाद शर्माको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।