हराएका व्याक्ति मृत भेटिए

/ प्रकाशित मिति :
बुधबार, जेष्ठ ३ २០८០

बागलुङ, ३ जेठ – बागलुङको ढोरपाटन नगरपालिका–२ बुर्तिबाङमा एक व्यक्ति मृत भेटिएका छन् । बुर्तिबाङको तारिखोला भन्ने ठाउँमा ढोरपाटन नगरपालिका–६ मोराङका ५५ बर्षिय चेबो अदै मृत भेटिएका हुन् ।

मंगलबार साँझदेखि घर छोडेका अदै खोजी गर्ने क्रममा बुधबार बिहान मृत भेटिएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरिक्षक राजेश अधिकारीले जानकारी दिनुभयो । अदै बुर्तिबाङ तारिखेत स्थित छोरीको घरमा बस्दै आएका थिए ।

अदैको मृत्युको कारण भने खुलेको छैन् । अहिले शव लाई पोष्ट्रमाटमको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा राखिएको छ । घटनकाको बिषयमा थप अनुसन्धान भैरहेको अधिकारीले जानकारी दिनुभयो । मृतक अदै छोरीको घरमा बसेर व्यावसायीक भैँसी पालन गर्दै आएका थिए ।