पर्वतको सेराबेसी बाट मुक्तिनाथ जोड्ने केवलकार परियोजना अगाडी बढ्दै

/ प्रकाशित मिति :
बुधबार, जेष्ठ ३ २០८០

बागलुङ, ३ जेठ – पर्वतको मोदी गाउँपालिकाको शेराबेंसीबाट शुरु भै चार जिल्लालाई जोड्ने केवलकार परियोजना अगाडि बढ्ने भएको छ । पर्वतको भूकदेउराली सेराबेंशी मुक्तिनाथ केवलकार आयोजना अगाडि बढ्ने भएको हो।

कम्पनीले परियोजना विकासका लागि वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु गरेको छ। केवलकार शुरु हुने पर्वतको मोदी गाउँपालिका, कास्कीको अन्नपूर्ण गाउँपालिका, म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङको घरापझोंग, थासाङ र बह्रागउँ मुक्तिक्षेत्र गाउँपालिकामा मुक्तिनाथ दर्शन प्रालिले केवलकार परियोजना सञ्चालन गर्न लागेको छ।

कम्पनीले ६ दिनसम्म स्थानीयसँग अन्र्तकृया गर्ने भएको छ । जेठ ११ देखि जेड १७ गतेसम्म प्रभावित गाउँपालिकाका बासिन्दासँग छलफल हुने जनसम्पर्क अधिकृत नविन शाहीले जानकारी दिनुभयो ।

कालीगण्डकी नदी र मोदी नदीको जलाधार क्षेत्र हुँदै जाने आयोजना पर्वतको शेराफाँटबाट सुरु हुने छ। मुक्तिनाथ मन्दिरनेरको रानीपौवासम्म केवलकार सञ्चालन हुने छ। आयोजना विश्वकै सबैभन्दा लामो परियोजनाका रुपमा कल्पना र डिजाइन गरिएको छ। आयोजनाले १७७ । ३८२ हेक्टर वन क्षेत्र प्रयोग गर्छ।