बरेङमा सम्पन्न निःशुल्क स्वास्थ शिविरबाट ६ सय ५० ले सेवा लिए

/ प्रकाशित मिति :
सोमबार, जेष्ठ १ २០८០

बागलुङ, १ जेठ – बागलुङको बरेङ बजारमा वृहत निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ ।
गाउँपालिको वडा नम्वर १ धुल्लुबाँस्कोट र वडा नम्वर २ हुग्दिशिरको संगम स्थल बरेङ बजारमा सम्पन्न निशुल्क स्वास्थ्य शिविरबाट ६ सय ५० जनाले सेवा लिएका छन् ।

युनाइटेड क्लब पोखराको आयोजना, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालि पोखरा–११ रानीपौवा र नरहरी पोलिक्लनिक डाइग्नेष्टिक सेन्टर प्रालिको प्राविधिक सहयोग तथा बरेङ गाउँपालिकाको व्यवस्थापनमा सम्पन्न शिविरबाट बिभिन्न रोगका गरि ६ सय ५० जनाले उपचार सेवा लिएको क्लबका महासचीव दिनेश सुनारले जानकारी दिनुभयो ।

स्वास्थ शिविरमा भिडियो एक्सरे, इसिजी, नाक, कान, घाँटी, हाडजोर्नी, मुटु, छाती, पेट, सुगर, थाइराईट लगाएतका बिरामीहरुले निःशुल्क स्वास्थ सेवा लिएको युनाइटेड क्लब पोखराका अध्यक्ष राजु श्रेष्ठले बताउनुभयो ।

डा. सरोज पोख्रेल लगाएतको टोलीले उपचार सेवा दिएको शिविरबाट जेष्ठ नागरिक, अपाङ्गता भएका, निम्न आय भएका नागरिकहरु लाभान्वित भएको महासचिव सुनारले बताउनुभयो ।