कालीगण्डकी आवाशीय माःवि मा जु.रे.स गठन

/ प्रकाशित मिति :
सोमबार, बैशाख २५ २០८០

 

राजेशचन्द्र राजभण्डारी
बागलुङ, २५ बैशाख – जहाँ दुख त्यहाँ रेडक्रस भन्ने नारासाथ गठन भएको मानवीय संस्था बिश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाले जुनियर युवा रेडक्रस सर्कल गठन शुरू गरेको छ ।

बिश्व रेडक्रस दिवसको अवसरमा बागलुङ सदरमुकाममा रहेको कालीगण्डकी आवाशीय माध्यमिक बिद्यालयमा एक कार्यक्रम गरि जुनियर रेडक्रस सर्कल गठन प्रारम्भ गरेको छ ।

जिल्लामा भएका सामुदायिक तथा संस्थागत बिद्यालयहरूमा रेडक्रसको पहुँच पुर्याइ बिद्यार्थीहरूलाइ सामाजिक काम कार्यमा समेतअगाडि बढाउने उदेश्यले युवा रेडक्रस सर्कल गठन गरेको नेपाल रेडक्रस सोसाइटीका सभापति जगन्नाथ आचार्यले बताउनुभयो ।

सो अवसरमा बोल्ने सहभागीले पछिल्लो समय मानवीयता हराउँदै गइरहेको समयमा बिद्यालयमा अध्ययनरत बिद्यार्थीमा मानवीय सामाजिक भावनाको विकास गरि समाजलाई शिक्षा दिनका लागि युवा रेडक्रस सर्कल आवश्यक रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका सभापति जगन्नाथ आचार्य ,उपसभापति राजेन्द्र आचार्य जिल्ला सदस्य कृष्णप्रसाद आचार्य ,पुर्ण भद्र निउरे लगायतले बोल्नुभएको थियो ।
कालीगण्डकी आवाशिय माध्यमिक बिद्यालयका भाइस प्रिन्सिपल सुरेन्द्र शाक्यको अध्यक्षता, नेपाल रेडक्रस सोसाइटीका कोषाध्यक्ष जीवननाथ शर्माको स्वागत मन्तव्य र शिक्षक केदार शर्माको संचालनमा सम्पन्न भएको थियो ।

बिद्यालयका बिद्यार्थी संगम क्षेत्रीको अध्यक्षतामा ११ सदस्य युवा रेडक्रस सर्कलको कार्यसमिति गठन भएको छ ।रेडक्रस सोसाइटीले बागलुङ जिल्लामा युवा रेडक्रस सर्कल अभियान कै रूपमा गठन गर्ने योजना बनाएको छ ।