दार्चुलामा हिमपहिरो, यार्सा टिप्न गएका ९ जना पुरिएको आशंका

/ प्रकाशित मिति :
मंगलबार, बैशाख १९ २០८០

बागलुङ, १९ बैशाख –दार्चुलाको व्यास गाउँपालिकामा यार्सागुम्बा खोज्न गएकाहरू हिम पहिरोमा पुरिएको आशंकामा प्रहरीले खोजी सुरु गरेको छ ।

दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर १ बोलिनमा यार्सागुम्बा खोज्न गएका अन्दाजी ९ जना स्थानीय बासिन्दाहरू त्रिपालमा बसिरहेको अवस्थामा मंगलबार हिम पहिरोले पुरिएको खबर आएको प्रहरीले जनाएको छ ।

उनीहरूको खोजीका लागि सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरु, दार्चुलाबाट डिएसपीको कमान्डमा ३० जनाको टोली सो स्थानतर्फ गएको सशस्त्र प्रहरीले जनाएको छ ।